कृतिसमीक्षा
मलाई पनि निन्द्रा लागेन
कथाकार मातृका पोखरेलको कथासङ्ग्रह ‘मलाई पनि
निन्द्रा लागेन’ आर्थिक अवस्थाले पिल्सिएका पात्रहरूको वर्ग द्वन्द्वपूर्ण चित्रित
कृति हो । नेपाली साहित्य लेखनमा प्रगतिवाद तर्फ कलम चलाइरहेका पोखरेल उक्त
सङ्ग्रहमा पन्ध्र वटा कथाहरू सङ्गृहीत छन् । यी कथामा सामाजिक जीवनका यथार्थ
घटनाहरूलाई कलात्मक वान्कीका साथ राष्ट्रिय सरोकार एवम् निम्न वर्गीय जीवनलाई
गम्भीरताका साथ उठाएका छन् । उनका कथाहरूले द्वन्द्वका घाउ र सामाजिक, राजनैतिक अवस्थालाई उजागर गर्दै
लेखिएकाले उक्त कृति पठनीय एवम् सङ्ग्रहनीय देखिन्छ ।
कृति : मलाई पनि निन्द्रा लागेन (कथासङ्ग्रह)
कथाकार : मातृका पोखरेल
प्रकाशक : बेला पब्लिकेशन, काठमाडौँ
प्रकाशन : २०८२ पौष
मूल्य : रु. ३५०/–
- होमशंकर बास्ताेला
