कृतिसमीक्षा
अमेरिकाको घाम
नियात्राकार छविरमण
सिलवालको नियात्रासङ्ग्रह अमेरिकाको घाम अमेरिका यात्राको रोचक वर्णनको कलात्मक
प्रस्तुति हो । यस कृतिमा अमेरिकाको नेपाली समाज, संस्कृति, प्रविधि, जीवनशैली र नेपाली आप्रवासीहरूको
अनुभवलाई समेटेर लेखिएको कृति हो । यस सङ्ग्रहमा १३ वटा नियात्राहरू समावेश छन् ।
पुस्तकमा लेखकले अमेरिकाका विभिन्न स्थानको यात्रा गर्दै त्यहाँको भौतिक विकास, बहुसांस्कृतिक समाज तथा मानव जीवनका
विविध पक्षलाई सूक्ष्म अवलोकनका साथ प्रस्तुत गरेका छन् । नियात्रामा केवल स्थानको
वर्णन मात्र नभई यात्राबाट प्राप्त अनुभूति,
समाजप्रतिको
दृष्टिकोण र नेपाली पाठकलाई नयाँ परिवेशसँग परिचित गराउने प्रयत्न पनि देखिन्छ ।
भाषाशैली सरल, प्रवाहपूर्ण र
वर्णनात्मक भएकाले पाठकले आफू पनि यात्रामा सहभागी भएको अनुभूति गर्न सक्छन् ।
समग्रमा अमेरिकाको घाम अमेरिकी परिवेशलाई नेपाली दृष्टिकोणबाट बुझ्न चाहने पाठकका
लागि ज्ञानवद्र्धक, रोचक
र पठनीय नियात्रा सङ्ग्रह हो । यस कृतिले यात्रासाहित्यको क्षेत्रमा छविरमण
सिलवालको लेखकीय क्षमता र अवलोकन शक्तिलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।
कृति : अमेरिकाको घाम (नियात्रासङ्ग्रह)
नियात्राकार : छविरमण सिलवाल
प्रकाशक : भुँडीपुराण प्रकाशन, काठमाडौँ
प्रकाशन : २०८२
मूल्य : रु. २७५/–
- होमशंकर बास्ताेला
