गीत
गीत
ध्रुवनारायण जोन्छें
नेपाली छन् शक्तिशाली, संसारका जातिमा
नेपाली जस्तो को छ र वीर, विश्वको छातीमा
लालीगुराँस फुलेको देश, हाम्रो छ विश्वमा
हिमालचुली चम्केको यही, राष्ट्र छ धरामा
तीनकोटी जन मिलेर बस्छन्, संसारमा यहीँ नै
नेपाली हावा, प्राकृतिक पानी, बग्दछ यहीँ नै
जनक बुद्ध, भृकुटी, सीता यहीँ नै रम्दछन्
विश्व शान्तिको धुन, यही धर्तीमा गुन्जन्छन्
– गपली, भक्तपुर