सजाय
विकल त्यागी
त्यस क्षेत्रका जनताले भोलानाथलाई ठुलो आशा÷भरोसा र विश्वासका साथ प्रतिनिधिसभाको निर्वाचनमा जिताएर सभासद बनाए । दशकौं–दशकसम्म भूमिगत जीवन बिताएको÷भूमिगतकालमा अनेकौं हण्डर बबण्डर सहेको÷पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताको झुप्रो झुपडीहरूमा राजनीतिक चेतनाको डाक बोलेको÷थोत्रो फाटेको सर्ट, भेष्ट, कट्टु र फित्ता टालेको हात्तीछाप चप्पल पड्काउँदै गाउँघरका उकाली र ओराली, भञ्ज्याङ् र चौतारी डुलेको, नाङ्गो पाइतालाले यस धरतीका तातो चिसो झेल्दै र नाङ्गै तालुले आकाशको घामपानी ब्यहोरेको अनि दशकौं दशकसम्म कालकोठरीभित्र हत्कडी–नेलकडी कसेर बर्बर यातना सहँदै कठोर पाशविक जीवन बिताएको । यस्तै–यस्तै गौरवमय सारगर्भित ऐतिहासिक रामकहानी थियो भोलानाथको ।
भोलानाथको भाषण गर्ने कला बेजोडको थियो । उसको आवाज अत्यन्त गहकिलो माइक्रोफोन नै नचाहिने खालको थियो । मञ्चमा उभिसकेपछि ऊ जति विपक्षीमाथि आक्रामक बन्थ्यो उति नै मात्रामा आफ्नो पार्टीको बैचारिकी पनि फलाक्थ्यो । नुन÷भुटुन÷मरमसाला÷खुर्सानी÷प्याज÷लसुन÷अदुवा÷टमाटर सबै–सबै मिलेर चट्ट जिब्रोमा झुण्डिरहने स्वादिष्ट तरकारीजस्तै मिठो हुन्थ्यो उसको भाषण । उसको भाषणका एक–एक शब्दले आम जनसमुदायको कानबाट घुसेर सिधै मुटुलाई चसक्क चस्काइहाल्थ्यो । लाग्थ्यो घण्टौं–घण्टासम्म धाराप्रवाह भाषण गर्न सक्ने ऊ विश्वकै एकमात्र मासलिडर हुन् । त्यसैले त उसको वाक्य–वाक्यमा श्रोता÷दर्शकहरू ताली बजाएर आकाश गुञ्जायमान पार्थे ।
अझ भोलानाथको पार्टीको घोषणा पत्र त झनै सो¥हैआना सुन्दर । जति पढ्यो उति पढौंपढौं लागिरहने । ढाँट्छौं÷चोर्छौं÷ठग्छौं÷बिगार्छौं÷भत्काउँछौं र रुवाउँछौं जस्ता शब्द एउटै छैन । सबै सुन्दर सपनाका शब्दहरू मात्रै छन् । लाग्छ, उसको पार्टीको घोषणा पत्र, माटोको मर्म र जनताको तिर्खाको पुलिन्दा हो । अक्षरांशः पूरा गर्ने हो भने त देश स्वर्गकै एक अंश हुने थियो ।
निकटम प्रतिद्वन्द्वीलाई तेब्बर बढ्ता मतले पछि पारेर विजय हासिल गरे पश्चात गलाभरि फूलमाला अनि गाला र निधारभरि अबिर दलेर दसैँ÷तिहारको पहाडी घरहरूझैँ रङ्गिन बनेका भोलानाथले विजयी सभालाई सम्बोधन गर्न थाले –आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, आजको दिन स्वर्णिम दिन । यस क्षेत्रको निम्ति सुनौलो युगको सूत्रपात । म त एउटा निमित्त पात्र मात्रै हुँ । यसार्थमा बधाई र धन्यवादको पात्र त यहाँहरू हुनुहुन्छ, जसले सही पात्रलाई छानेर ठाउँमा पुर्याइदिनुभयो । म यहाँहरूको माया ममतालाई मुटृुभरि साँचिरहनेछु । म यहाँहरूको आशीर्वादलाई शिरोपर गर्दै अगाडि बढिरहनेछु । म यहाँहरूको विश्वासलाई कहिल्यै डग्मगाउन दिनेछैन । मैले यहाँहरू समक्ष बाँधेको बाचाबन्धनलाई कहिल्यै भत्किन दिनेछैन । मैले यस क्षेत्रको माटोको मुराद हृदयसम्म गरेको छु । मैले यस क्षेत्रको जनताको पिर÷मर्का र आवश्यकता राम्रैसँग नियालेको छु । म शिक्षा÷स्वास्थ्य÷रोजगार÷गाँस ÷बास ÷कपासलाई तल्लो तहका सिमान्तकृत जनसमुदायसम्म सर्वसुलभ गराउनेछु । म यस भूगोललाई आधुनिक मोडलद्वारा विकासको उपल्लो चुलीमा पु¥याउनेछु । भोलानाथको दिलचस्पी भाषण सुनेर त्यहाँ उपस्थित समस्त जनसमुदायले तालीको फोहोरा छुटाए । कानको जालीलाई नघोचिकनै मृदुल÷माध्यबाट हृदयभित्र घुसेको उसको अमृतवाणीले तिनलाई आल्हादित त्ुल्यायो । प्रतिनिधिसभाको अन्तिम मत परिणाम अनुसार भोलानाथको पार्टीले सामान्य बहुमत हासिल ग¥यो र नेपालको संविधान मुताविक उसको पार्टीले एकल सरकार गठन ग¥यो । लामो समयसम्म पार्टीभित्र भगीरथ तपश्या गरेको हुनाले उसले एउटा मन्त्रालय सम्हाल्ने अवसर पाए । यसार्थमा उसलाई आफ्नो कार्यक्रम पूरा गर्न बहुत सजिलो थियो । तर अचानक खेलको पासा पल्टियो । परिस्थिति बदलिएर “खोलो त¥यो लौरो बिस्र्यो” भन्ने लोकोक्तिझैं भयो । भित्ते पात्रोमा त्यस्तो नराम्रो तिथि मिति केही थिएन । तर अकस्मात उसको योजनाहरूमा खग्रास सूर्यग्रहण लाग्यो । पैसा देखेपछि महादेवको त्रिनेत्र भइदिनाले उसको बचनीय प्रतिवद्धताहरूमा खग्रास चन्द्रग्रहण लाग्यो । जनताहरू हिउँ–तुषारोको वर्षामा ठुगठुग काँपिरहेँ । केही मिष्ठान्न भोजन गर्न पाइएला कि भनेर बाएका बदनहरू आँ’को आँ भइरहे । जनताको खाली अञ्जुलीभरि दुर्गन्धित आची र पिसाव वर्षिरह्यो । मरन्च्याँसे कान्छाको टाउकाभरि लिखा÷जुम्राहरू जम्जमाइरहे । तिनको कायाभरि फोहोर–मयलका लेघ्राहरूले घरजम जमाइरहे ।
च्याँखुरी कान्छीको आँखाभरि आँसुका साउने मूलहरू भुल्भुलाइरहे र तिनको कुर्कुच्चा हिउँदको पाखा खेतझैं चर्चरी चिरा परिरह्यो ।
भोलानाथ मन्त्री भएको तीन वर्ष बित्यो । तर उसले वरको सिन्को पर सारेन । उसले आफ्नो क्षेत्रमा रौं बराबर बदलाव ल्याएन । भरियाहरूलाई प्यासेन्जर बन्ने मौका मिलेन । ज्यानकै बाजी राखेर तुइनमा झुण्डिँदै स्कुल जाने केटाकेटीहरूलाई झोलुङ्गे पुल मिलेन । असार÷साउनमा लामखुट्टेको डसाई सहँदै जर्बजस्ती निदारहेका दुःखी ज्यानहरूलाई छिद्रदार झुल मिलेन । पुष÷माघको लुछुवा ठिहीमा नाङ्गो आङ लुगलुग काँपिरहेका नसिवविहीन चोलाहरूलाई लाज ढाक्ने मलमल मिलेन । एक गाग्रो पानी भर्नलाई तीन घण्टा समय व्यतित गर्नुपर्ने अभागीहरूलाई घर–घरमा धारो मिलेन । एक डोको दाउरा टिप्नलाई दिनभरि माया मार्नुपर्ने दाउरेहरूलाई घर–घरमा भरी सिलिण्डर मिलेन । टाउको दुखेर फुट्न आँटेका विरामीहरूलाई जाबो सिटामोल मिलेन ।
भोलानाथ प्रायशः काठमाडौँमै बस्थ्यो । उसले अनेकौं माफियासित साँठगाँठ गरेर मनग्गे अर्थोपार्जन गरिसकेको थियो । ऊ काठमाडौँको सडकमा झण्डावाल चिल्ला कार हुइँकाउँदै हावा खाइरहेको हुन्थ्यो । आफ्नो क्षेत्रबाट कसैको फोन अए कुनचाहिँ खाते खलीगाँठेले गरेछ भन्दै मोबाइल स्विच अफ गरिदिन्थ्यो । चुनावताका
घरदैलो कार्यक्रम अन्तर्गत केटाकेटीसित हात मिलाएर हाइ–हेलो गर्दै हिँड्ने मान्छे । आफू समानलाई हात जोडेर नमन गर्दै हिँड्ने मान्छे र आफूभन्दा माथिका बृद्धबृद्धालाई शिर नुहाएर दर्शनढोग गर्दै हिँड्ने मान्छे आजभोलि औंशी÷पूर्णिमा तिनलाई भेट्दा नदेखेझैँ तर्केर परपर भाग्न थाल्यो ऊ ।
घनघोर मेघमालादेखि निरासिएर दिक्दारिँदै एकएक जनता बोल्न थाले– खोई परिवर्तन र सुखसयल ? खोइ अमनचैन र घोषणा पत्रका बाचा÷कसम ? खोई भाषण गर्दाताका जनतासित गरिएको सपथग्रहण ? नयाँ बोतलमा उही पुरानो रक्सीको भरीभराऊ ! पख, भोलानाथ एकमाघले जाडो जाँदैन ....! बुझिस् ? तेरो राजनीतिक तपस्या केको लागि रहेछ ? आज सर्वत्र उदांगियो । तँलाई काठमाडौँमा घर घडेरी जोड्नका लागि हामीले तेरो पक्षमा मतदान गरेका थिएनौं । तँलाई आफ्नो जहान परिवार काठमाडौँमा बसाइँ सार्नको निम्ति हामीले मन्त्री बनाएका थिएनौं । तँलाई काठमाडौँमै अड्डा जमाएर बस् हामीले भनेका थिएनौं । “मर्ने घडी उल्टो बुद्धि” भनेझैं हुने हो कि !
पाँचवर्षे प्रतिनिधिसभा सदस्यकालको अन्त्य भयो । फेरि निर्वाचन आयोगले प्रतनिधिसभा निर्वाचनको मिति घोषणा ग¥यो । देशको वातावरण पूरा पूर्ववत् चुनावमय हुनथाल्यो । लाग्छ, मानिसको अरु कुनै काम छैन । बिहानदेखि बेलुकीसम्म कसैले भाषण गर्ने र कसैले ताली पिट्ने । कसैले झण्डा बोक्ने र कसैले मुठ्ठी कस्ने । कसैले जिन्दावाद भन्ने र कसैले मुर्दावाद भन्ने । यसरी के कुनाकाप्चा, के सदरमुकाम राजधानी, के गाउँघर, के नगर सहर, के दुर्गम सुगम, के झुप्रो झुपडी, के विल्डिङ÷हवेली सबै सबैतिर भाषण र नाराहरू गुन्जिन थाले । लाग्थ्यो, वतासले सुमधुर सङ्गीत भरिरहेका छन् र पानीले एकतमाससित कोकिल कण्ठी स्वर उरालिरहेका छन् । सङ्गीतको तीनै श्रुतिमधुर तानमा पात–पतिङ्गरहरू फर्फराइरहेका छन् । किरा फट्याङ्ग्राहरू उफ्रिरहेका छन् । तरुलतिकाहरू हल्लिरहेका छन् । खुशीले चराचुरुङ्गीहरू पखेटा फट्फटाउँदै आकाश आकाश उडिरहेका छन् । र के–के न पाउँलाझैँ गरी हर्षले डाँडाडाँडामा लालीगुराँसका थुँगाहरू मुसुक्क मुस्कुराइरहेका छन् ।
काठमाडौँ केन्द्रित नेताहरू अघिपछि दायाबाया हातमा झण्डा÷पर्चा बोकेका कार्यकर्ताहरूको लावा–लस्कर लगाएर आ–आफ्नो क्षेत्रमा दौडिन थाले काम फुटीफाङ केही नगरे नि नवधनाढ्य देखेर होला पार्टीले टिकट फेरि भोलानाथलाई नै दियो । सायद पार्टीलाई लाग्यो, भ्रष्टाचार गरेर अकुत कालो धन कुम्ल्याएकै छ । त्यही अथाह कालो धनको सागर पोखाएर त्यसले चुनाव जित्नेछ र प्रतिनिधिसभा भवनमा हाम्रो पार्टीको एक सिट भए नि थपिनेछ । महत्वपूर्ण विधेयकहरू पारित गर्नुपर्दा एकसिटको मूल्य अमूल्य हुनपुग्छ ।
भोलानाथ वडा–वडाको घरदैलो कार्यक्रममा अभ्यस्त हुनथाल्यो । उसले हरेकसित पाँच वर्षअघिकै शिष्ट संस्कार दोहो¥यायो । ह्याण्डसेक÷प्रणाम÷सेवाढोग जस्ता मर्यादाक्रमले समस्त जनतालाई मान मनितो गर्न थाल्यो । उसले प्रत्येक वडाको आमसभामा यी जालसाजीपूर्ण शब्दहरू बारम्बार दोहो¥यारहयो । हो, मैले यहाँहरूले भनेजस्तो काम गर्न सकिन होला । यसमा म क्षमाप्रार्थी छु । तर यहाँहरूले एउटा कुरा ढुक्कसाथ बुझिराख्नु भए हुन्छ कि प्रतिपक्षको निरन्तर अवरोधको कारण मैले चाहेजस्तो र यहाँहरूले खोजेजस्तो विकासका कामहरू गर्न असमर्थ भएँ । अब फेरि एकचोटि यहाँहरूले मलाई यो चुनावी महासङ्ग्रामबाट जिताएर पठाउनुभएको खण्डमा म पक्का मन्त्री हुनेछु र अहिलेका अधुरा कामहरूलाई अहोरात्र खटेर पूरा गर्नेछु ।
गाइँगुइँ चल्दैथियो –“नाच्न नजान्ने आँगन टेढो” छेपारोको नाटक ... ! आफू खुंखार बोक्सी भएर झाँक्री बन्ने झुठो प्रचार गर्दैछ । हन्तकाली ! पाँच वर्षसम्म आयोजनामा परेको रकम झ्वाम पार्ने अनि अहिले हामीसित ठिक्क हुने ... ! हाम्रो आँखामा दिउँसै छारो हाल्ने यो ठग नेतालाई यसपालिको चुनावमा धुलोपिठो पार्नुपर्छ ।
भोलानाथ नेपालको नेता न परे, चोरको बाउ चण्डाल । उनले आफ्नो स्वार्थलम्पटताको पराकाष्ठा, अकर्मण्यता र आफू निर्वाचित क्षेत्रप्रतिको उपेक्षा एवम् उदासिनतालाई स्वमूल्याङ्कन गर्दा आफू झसङ्ग भस्किए । उसलाई लाग्यो, अब मञ्चमा सिंहझैँ गर्जेर केही पित्तम चल्नेवाला छैन । जनताले मलाई सिखदेखि नखसम्म चिनिसकेका छन् । यहाँको पूर्व सुगम परिवेश आज मेरा लागि दुर्गम बनिरहेछ । यहाँका जनताहरू नुतन शालिग्राम सुकोमल मुहारको खोजीमा भौतारिरहेका छन् । तसर्थ आफू अनुकूल पासा पल्टाउनको निम्ति मैले कही ट्रिक लगाउनैपर्छ । भनाइको मतलव, मैले करोडौं करोड खर्च गरेर मत खरिद गर्नैपर्छ । प्रतिनिधिसभा भवनभित्र छिर्ने योभन्दा बाँकी दोस्रो विकल्प मसित छैन । म विश्वस्त छु, गरिब देशका गरिब जनताहरू दश–बिस हजारमा पक्कै पनि रातारात बिक्छन् ।
गाउँघरमा चुनावको सुनामी आउनुभन्दा अगावै वडा वडाका जनताबिच बृहत्तर छलफल पश्चात निर्णय भइसकेको थियो कि यसपालिको चुनावमा नयाँ उम्मेदवारलाई जिताउने, पुराना गद्धारहरूले चोटैचोट दिए त्यस्तालाई भोट किन दिने ? रोटी त दोहोरो पाक्दा मात्रै मिठो र पेटलाई सहज हुन्छ । छान्नुपर्ने नेता नभएर नीति हो तर यहाँ कुनै नेता नीति अनुसार चलेनन् । तसर्थ नयाँ स्वच्छ छवि भएको निश्कलङ्क बान्कीलाई चुन्ने हो । हाम्रा मत र कर पाएर भूतबङ्गला ठड्याएकाहरूको भोजभत्तेरमा सरिक भएर टन्न मासु–भात होसर्ने हो अनि त्यस्तालाई ला... तँलाई भन्दै लोप्पा खुवाउने हो । फलामलाई फलामले नै काटेझैं धोका दिनेलाई धोका दिएरै उद्धिग्नताको उच्छवासमा सडाएर सक्नुपर्छ । यसरी पालोको पैंचो तिरियो भने मात्रै हामीलाई मज्जा आउँछ ।
भोलानाथको चुनाव प्रचार प्रसारमा लगभग–लगभग दुई करोड खर्च भइसकेको थियो । त्यही भएर ऊ निर्धक्क थियो चुनाव जित्नेमा । उसलाई लागिरहेको थियो कि मैले जति भेडाहरूलाई घाँसपानी÷अन्न–दाना अरु कसले खुवाएको होला ? बिचरा ! मसित सिँंगौरी खेल्नेहरुरूसित सामथ्र्य भए पो शानशौकत देखाओस् !
यसपालिको अन्तिम चुनावी सभा सदरमुकाम बजारमा भइरहेको थियो । भोलानाथले बिच–बिचमा पानी पिउँदै उक्त आमसभालाई सम्बोधन गरिरहेका थिए । उसले खुब जोडतोडका साथ कराउँदै झुठा एवम् ठुटा आश्वासन बाँडिरहेका थिए । यहाँ यो गर्छु र त्यहाँ त्यो गर्छु भनिरहेका थिए । गर्न सक्ने–नसक्ने सबै प्रकारका हावादारी भाषण गरिरहेका थिए । यत्तिकैमा मासको अग्रपङ्क्तिमा उभिएर भाषण श्रवण गरिरहेका हुलका हुल जनसमुदायले हुलहुज्जत गर्न थाले । उसले प्रयोग गरिहेका माइक्रोफोन÷टेबल÷कुर्ची सबै फ्याँकेर चक्नाचुर पारिदिए । उसलाई गलाभरि थोत्रा जुत्ता–चप्पलको माला लगाइदिए । उसको मुहारभरि हाँडी र कराईको कालो मोसो घसिदिए । क्रियाको प्रतिक्रिया दिँदै अँध्यारो मुहारमा थुक्नसम्म भ्याए । उसको व्यक्तिगत मुहार र हालत औधि हेर्नलायक भयो । हतार–हतार त्यहाँ तैनाथ सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरेर वातावरणलाई सामान्य बनाए । अन्यथा ऊ अझ तीव्र रोषले आक्रोसित जनसमुदायको काँचो सिकार हुनेवाला थियो । पछि अन्तिम चुनावी परिणाम भोलानाथको निम्ति सा¥है सर्मनाक आयो । उसको जमान जफत भयो । हालसालै निर्वाचन आयोगमा दर्ता भएको नयाँ पार्टीका रगत उम्लिरहेका नवयुवकले पो अत्याधिक बहुमत प्राप्त गरेर चुनाव जिते । उसलाई हातढाली खेलमा भर्खर जन्मेको नवजात शिशुसित पराजित भएजस्तै लाग्यो । आफ्नो क्षेत्रका जनतासित नाक÷मुख देखाउनुको लाजले उसले रातारात हेलिकोप्टर चार्टर गरेर काठमाडौँ टाप कस्यो ।
उनै पूर्वमन्त्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको भ्रष्टाचार काण्डमा अदालतद्वारा दोषी ठहर भई आजभोलि चारखाल कारागारमा कैदी जीवन बिताइरहेको छ ।