गजल
जे. वि. खत्री
तिमी भयौ डाँडा पारि म डाँडा वारि ।
तिमीसँग भेट्न मन छ भेटौँ के गरी ।
धेरै भयो भेट–घाट नभएको हाम्रो
यो मनको तिर्सना मेटौँब के गरी ।
तिमी आउने आसैआसमा बसेँ आजसम्म
अझै पनि बस्नु परे बसौँ के गरी ।
मन पनि कहिले काहीँ दोधारमा पर्छ
एक्लै हुँदा एकान्तमा बुझाउँ के गरी ।
आँखाहरू थाकीसके मन गली सक्यो
रातदिन बित्छन् मेरा तिम्रै बाटो हेरी ।