गीत
विश्व सिग्देल
कोमल मुटु टारी खेत हो, जे रोप्यौ त्यै फल्यो
आफ्नै दुःख गोडिमेली, जीवन बग्छ पानीढलो
पसिनाले भन्ने कथा, छोरी–नाति जुगौँ रहोस्
यो रगतले सुख खोज्न, हजार हजार जङ्गार तरोस्
हिउँद, वर्षा पसिनामा, झर्झर जसको बोसो बल्यो
आफ्नै दुःख गोडिमेली, जीवन बग्छन पानीढलो
लेक गर्दै बेँसी झर्दै, एकमुठी सास खटाउँला
कोदो टिप्दै, धान झार्दै, हाँस्दै जोवन फटाउँला
हिमालले लाली दल्यो, दियो निभ्यो, हावा चल्यो
आफ्नै दुःख गोडिमेली, जीवन बग्छ पानीढला