क्रुजको यात्रा र लसएन्जलस
खिमानन्द पाेखरेल
आज सन् २०२३ अक्टोवर ५ तारिख तदनुसार असोज महिनाको १८ गते बिहीबार विक्रम सम्वत् २०८० मा हामी छौं । आजकै दिन पौने एक बजे हामी क्यालिफोर्नियाको राजधानी स्याक्रोमेन्टो, नटोमसमा रहेको हाम्रो घरदेखि पारिवारिक यात्रा सुरु भएको छ । अहिले हाम्रो साथमा छोरी ज्वाइ, दुई नाति, हामी दुई, भतिज उत्सवकी श्रीमती पुष्पा पौडेल जम्मा सात जनाको परिवार लसएन्जलस तर्फ लागेका छौं । एक सवारी साधनमा नअटाएर हाम्रै घरपरिवार अर्को सवारी साधनमा आजकै रातको बाह्र बजे सेक्रोमेन्टोबाट हिँड्ने छ । दुई जना नानीबालकहरू साथमा भएको हुँदा पनि हामीले हाम्रो सवारी साधनको गतिलाई तीव्र पारेनौं । हामीलाई यहाँदेखि लसएन्जलससम्म पुग्नको लागि सात घण्टाको समय लाग्नेछ ।
अहिले हामी लसएन्जलस पुगिने बाटोको मध्यभागमा आइपुगेका छौं । यहाँ आइसकेपछि एकछिन हामीले आराम ग¥यौँ । त्यहीँ आराम गर्ने समयमा हामीले केही खाद्य सामाग्री किनेर खायांै । हामीले केही खानेकुरा खाएपछि यस ठाउँबाट हाम्रो अन्तिम गन्तव्य स्थलतर्फ पाइला चाल्यौं । हामीले कुनै हतार गरेका छैनौँ । लामो बाटो जति हिँड्दा पनि सकिएको छैन । हाम्रो हिँडाइमा कुनै मन्दी आएको छैन । यस्तै रफ्तारको गतिमा हिँडिरहँदा अब भने हामी करिब करिब लसएन्जलसको नजिक आइपुगेका छौं । हामी यो सहरको छेवैमा आइपुग्दा ट्राफिक जाममा परियो । केही मिनेटभित्रै ट्राफिक खुल्यो । अहिले भने हामी लसएन्जलस आइपुगेका छौं । हामी यस ठाउँमा लगभग रातको आठ बजे आइपुगेका हौं । यहाँ आइसकेपछि यस रात फियर फिल्ड होटलमा आएर बस्यौं । हाम्रो एकाघरकै अर्को टोली रातको बाह्र बजे स्याक्रोमेन्टोदेखि हिँड्ने भएका छन् । यस टोलीमा रहने भएका छन् भाइ युवराजका दुई जना छोरा, उत्सव, भाइ, हरिका दुई जना, छोरी उस्मिताका दुई जना र कमला दिदी (मेरी साहिँलीदिदी) समेत जम्मा आठ जनाको टोलीपछि आउने भएको छ । उनीहरू रातको बाह्र बजे हिँडेको सूचना हामीलाई प्राप्त भयो । हामी यस होटलमा आउनुभन्दा केहीछिन अगाडि भान्जी सविता र उहाँको श्रीमान्लाई मैले देखेँ । हामीहरूको बिच भलाकुसारीसमेत भयो । यसको लगत्तैपछि भाइ कान्छु (नेत्र) लाई देखेपछि बुहारी समी खोई त भनेर भाइलाई सोधेंँ । भाइले भने, समी न्युयोर्कबाट आउँदै छिन् । समी आज रातको बाह्र बजे यहाँ आइपुग्छिन् त्यसैले मैले उनको आगमनको बाटो कुरेर बस्दैछु भनेर भाइले अगाडि थपे । समी ठिक बाह्र बजे यो होटलमा आइन् । त्यस बेलासम्म भाइले श्रीमतीको प्रतीक्षा गरी बसेका रहेछन् । भाइलाई यो कुरा सोधेपछि मात्र थाहा पाएँ मैले पनि ।
अहिले हामी फियर फिल्ड होटलको एकतल्लामाथि बसेका छांै । तल आगो ताप्नको लागि ठुलो मक्कलमा ग्याँसको पाइपमाथि ठिक्कका गोलागोला पत्थरले सजाउँदै बालिएको छ । सविता भान्जीलाई लिएर हामी दुई जना पनि तल आगो ताप्न गयांै । हामी त्यस ठाउँमा एकछिन के बसेका थियौं ज्वाइ राजाले हाम्रो लागि भेज बर्गर ल्याइदिनु भयो । उहाँले हामीलाई ल्याइदिएको बर्गर आगोको न्यानोसँग ताप्दै खाँदै ग¥यौं । अब भने रातको ९.१५ भएको छ । होटलको तीन तल्लामाथि रहेको हाम्रो कोठा नम्बर ३०० मा हाम्रो आजको रात बिताउने स्थान रहेछ । आजको रात हामीले यहीँ कोठामा बिताउनुछ ।
यसैबिच स्याक्रोमेन्टोदेखि हिँडेको मेरो घरपरिवारको टोली भोलि बिहानको ६ बजे हामी बसेको होटलमा आइपुगेर सुत्न भ्याएछ ।ं तर उक्त टालीसँग हाम्रो भेट भएको थिएन । यो ठाउँ निकै रमाइलो रहेछ । लसएन्जलसको हलिउड पनि यही पर्दो रहेछ । त्यसैले पनि यो ठाउँको महत्व बेग्लै किसिमले चलेको हो कि जस्तो लाग्यो । यति राम्रो ठाउँले मलाई मोहनी नै लगाइ दियो । यसभन्दा पहिला सायद यस्तो रमाइलो देख्न पाइएको थिएन । यस्तो ठाउँमा आएर यसरी रमाइलो हेर्न पाइन्छ भनेर कल्पनासमेत गरेको थिइन ।
आज सन् २०२३ को ६ तारिख तदनुसार असोज महिनाको १९ गते शुक्रबार विक्रम सम्वत् २०८० मा हामी छौं । यसबेला हामी आ–आफ्नो बिस्तराबाट उठी सकेका छौं । हामी आ–आफ्नै तरिकाले बिहानमा गरिने कृयाकलापमा सामेल भयौं । अर्को कोठाबाट भतिज उत्सव आएर ब्रेकफाष्ट खान जाउँ भन्दै कोठामा छिरे । म पनि बिहानमा नित्यकर्म सकेर कपडा लगाउँदैछु । ब्रेकफाष्ट खाने ठाउँमा सबै जना जम्मा भएपछि एक अर्कोलाई शुभबिहानीको अभिवादन आदान प्रदान ग¥यौं । बिहानको दश बजे हामी सबैले ब्रेकफाष्ट खाइ सक्यौं । अबभने हामी बसेको यो होटलबाट बिदा भएर आफ्नो सवारी साधनमा आएर बस्यौं । हामी समयमै आफ्नो गन्तव्यमा पुगेर मेक्सिको जाने क्रुजमा चढ्नुछ । हाम्रो सवारी साधन अगाडि बढ्यो । अबको आधा घण्टाभित्र हामीलाई लसएञ्जलस बन्दरगाहको इन्सेनाडा (यो ठाउँलाई हामीले पटकपटक दोहो¥याएका छौ कारण यो क्षेत्र यति ठुलो छ कि जहाँपुग्दा पनि यसैको नाम बारबार दोहोरिने गर्छ) भन्ने ठाउँमा हामी आफ्नै सवारी साधनबाट पुग्यौं ।
बाफरेबाफ कस्तो भिड मलाई त भारतमा चल्ने रेल्वे स्टेशनजस्तो लाग्यो । यहाँ आइसकेपछि मैले यति ठुलो पानीजहाज देखेको पहिलो पटक नै हो । चलचित्रहरूमा त देखेको हुँला तर यसरी प्रत्यक्ष चाहिँ देखेको थिएन । बाहिरबाट हेर्दा त एघार बाह्र तलाजस्तो पो देखिन्छ । क्रुजभित्र जानुभन्दा केही मिनेट अगाडि जसरी हवाईजहाजमा पहिले बोर्डिङ पास माग्छ त्यसै गरी नै बोर्डिङ पास माग्यो । हाम्रो साथमा रहेका मोवाइल, घडीलाई एउटा टोकरीमा राख्न लगायो र हवाईजहाजमा जसरी चेकजाँच गर्छ त्यसैगरी हामीलाई पनि चेकजाँच ग¥यो । त्यसपछि हामीलाई भित्र पठायो । हामी भित्र प्रवेश गर्न साथ ११ तल्लामाथि लन्च खानाखान गयौं । यहाँभित्र प्रवेश गरेपछि यसभित्र १५ तल्ला पो रहेछ भन्ने थाहा पायौं । यसरी हामी आ–आफ्नो च्वाइस अनुसारको खाना खायौं । हामीले खाना खाँदाखादै गर्दा तिमीहरूको कोठा खुल्यो भनेर माइकमा उद्घोष ग¥यो । यस्तो सूचना जारी गरेपछि यस कुराको स्वागत गर्दै सबै जनाले एउटै स्वरमा आवाज निकाल्याँै र यस खुसीमा सबै जनाले एकसाथ ताली पनि बजायांै । त्यसपछि भने हामीले खाना खाएर लिफ्टमा एघार तल्लाबाट सिधा ६ तल्लामा झ¥यौ । हामी तल आइसकेपछि आ–आफ्नो कोठा खोज्ने तर्फ लाग्यांै । कोठा पत्तो लगाइसकेपछि हामीले आफ्नो बन्दोबस्तीका सामानलाई आफ्नै कोठाभित्र मिलाएर राख्यौं । छोरी कल्पनाले बाहिर घुम्न जाने होइन भनेरभन्दा मैले उनलाई भने, अलिकति म लेख्छु र लेखेर भ्याएपछि तिमीलाई फोन गर्छु । छोरीले हुन्छ भनिन् । मैले लेखेर भ्याएपछि छेरीलाई फोन गरँे । फोन उठ्यो तर काटियो । कुरा हुन पाएन । (क्रुज) पानीजहाज मेक्सिकोको लागि ठिक चार बजे लसएन्जलस बन्दरगाहबाट छुट्यो । यो पानीजहाज छुट्दा हामी सबै परिवारहरू जहाजको एघारौँ तल्लामा रहेका छौँ । हाम्रो ठुलो नाति यशले पौडी खेल्छु भनेकाले उसलाई नाडीमा ट्याग लगाउने ठाउँमा छोरीले लिएर गइन् । ट्याग लगाएर आएपछि नातिलाई सीधा एघार तलामाथि लिएर आइन् । नाति आएपछि ऊ पौडी खेल्ने पोखरीमा गएर पौडी खेल्यो । यहाँ काम गर्ने कर्मचारीहरूलाई घण्टाको निकै थोरै डलरमा काम गराइँँदो रहेछ । मेक्सिकन, इण्डियन काम गर्ने मानिस राखेपछि बार्गेनिङ गरेर थोरै तलबमा काम गराउन पाइँदो रहेछ । क्रुजको यरिया नै यति ठुलो छ कि जो हिँड्नै समय लाग्छ । यसभित्र ठाउँ ठाउँमा पसलहरू पनि राखिएका छन् । पसलमा हिराका समानहरूदेखि घडी, लेडिज व्याग आदि राखेका समानहरू पनि देख्न पाइयो । अहिले हामी लसएन्जलबाट हिँडेको चार घण्टा भएको छ ।
आज सन् २०२३ को ७ तारिख तदनुसार असोज महिनाको २० गते शनिबार विक्रम सम्वत् २०८० मा हामी छौं । आज बेलुका कोठामा आउँदा रातको लगभग दश बजेजस्तै भएको छ । हामीले खानपिन गरी सकेपछि आ–आफ्नो कोठामा आएर सुत्ने तरखर गरिरहेका छौं । हामी सुत्दा रातको दश बजेर केही मिनेट जति गइसकेको छ । मैले नियमित खाने औषधि आज पनि खाएँ । औषधि प्रयोग गरी सकेपछि बिस्तरामा पल्टिदा निदाइएछ । बिहान ६ बजे उठेर नित्य कर्म गरी नुहाइ धुवाइ गरेपछि घडीले बिहानको ८.३० बजाएछ । नभन्दै भतिज उत्सवको टेलिफोन सेटमा फोन आयो । उठाउँ भनी के अगाडि बढेको थिएँ फोनको टोनिङ अवधि समाप्त भएपछि बन्द भयो । फोनमा कुरा हुन नसकेपछि छोरा उत्सव हामी बसेको कोठामा आफंै आएर आवाज दिएर कोठा खोल्न अनुरोध गरे । ब्रेकफाष्ट खानजाउँ छिटोगरी आउनुस् भन्दै आफ्नो कोठातिर लागे । हामी पनि हतारहतार गरी तयार भयौं । त्यसपछि हामी छोरी कल्पनाको कोठा नम्बर ६३३९ नक गर्न पुग्यौं । छोरीले ढोका खोलिन् । उनले नाति यशलाई राति दुई पटक पखाला लागेको कुरा सुनाइन् । अर्को नाति जय भोकाएर खाना खाने भनेको रहेछ । छोरी कल्पनाले ठुलो नाति यश हामीलाई जिम्मा लगाएर सानो नाति जयलाई लिएर ब्रेकफाष्ट खाने ठाउँमा गइन् । हामी भने कोठामै बसेका छौँ । त्यसै अवसरमा उत्सवका दुई जनाले नाति यशलाई र छोरी कल्पनाको लागि ब्रेकफाष्ट ल्याएर आए । यसैबिचमा उत्सवले मलाई भने कि यो डाइरिया सरुवा हो । यशसँग त्यति नजिक बसेर सम्पर्क नगर्दा हुन्छ भनेर उत्सवले भनेपछि मैले हँ ! भन्दै छोरीलाई सोधें । छोरीले त्यस्तो केही होइन भनिन् । सबैको साथमा हामी सबैले एक साथ ब्रेकफाष्ट खाने भनेर एघार तल्लामाथि गयौं । यहाँ आई पुगेपछि चारैतर्फ ब्रेकफाष्ट खाने मान्छेहरू भरिभराउ देखियो । हामीले बस्ने कतै सिट पाएनौं । यसो हेर्दै जाँदा एउटा क्याविन फेला पा¥यौं र म चाहिँ त्यहीँ गएर बसें । उत्सवले पनि यहीँ नै बस्दा ठिक हुन्छ भने । हामी आ–आफ्नो ब्रेकफाष्ट खाने तरखरमा जुट्यौ । यसै बिचमा उत्सवले तपाईहरू बाहिर नहेरिकन भन्नोस् हामी कतातर्फ गइराखेका छौँ भनेर । बिचमा भाइ युवराजले भने यो पानीजहाजको क्षमताले ३५०० यात्रुहरूको भारबाहन क्षमता राख्दै अगाडि बढेको छ । अहिले समुद्रलाई बाक्लो हुस्सुले ढाकिरहेको हामीले देखिहेका छौं । यो क्रम दिनको एघार बजेसम्म चल्यो । त्यसपछि बिस्तारै पातलिँदै गयो । क्रुजमा बाह्रै महिना यस्तै भिड लागिरहन्छ ? भनेर हामीले गरेको प्रश्नोत्तरमा एक कर्मचारीबाट हामीले यस प्रकारको उत्तर पायौं । यहाँ सधै यस्त भिड भइरहन्छ भन्ने जवाफ पायौँ । कति राम्रो व्यवस्था मिलाइएको रहेछ । तीन हजार पाँच सय यात्रुहरूलाई यौटा पानीजहाजले बोकेर कुँदिरहेछ हनुमानले सञ्जीवनी पहाड बोकेझैँ गरी । हामीले आज बिहान छलफल गरी बेलुका मेक्सिकन रेष्टुरेण्टमा खानाखाने निधो भए अनुसार उक्त ठाउँमा पुग्यांै र खानाखायौं । ठिक आठ बजे एउटा सिनमाहल जस्तोमा गएर अमेरिकन नाच हे¥यौं । उक्त ठाउँबाट ठिक ९.३० मा कोठामा आएर निद्रादेवीलई पुका¥यौं ।
आज सन् २०२३ को ८ तारिख तदनुसार असोज महिनाको २१ गते आइतबार विक्रम सम्वत् २०८० मा हामी छौं । मेरो बिहान गरिने नित्यकर्मले आज पनि मौका पाइहाल्यो । अहिले यहाँ बिहानको आठ बजेको छ । हामी पानीजहाजबाट मेक्सिकोको इन्सेनाडा ठाउँ आइपुगेका छांै । पानीजहाजले अहिले यो ठाउँमा विश्राम लिइरहेछ । हामी अब आजै यही पानीजहाजबाट लसएन्जलस फर्कदैछांै । ज्वाइ म बसेको कोठा नम्वर ६३५५ मा बिहान आठ बजे ब्रेकफाष्ट खानजाउँ भन्नको लागि आउनुभयो । हामी नुहाइ धुवाइ गरी ब्रेकफाष्ट खान जानका ेलागि ठिक परेर बसेका छौैं । ज्वाइ आए पश्चात उहाँको पछि लागेर हामी ब्रेकफाष्ट खान एघार तल्लामाथि पुग्यौ । त्यहाँपुगेपछि बल्लबल्ल एउटा हामी बस्न हुने कुर्सी मिल्यो । हेर्दा हेर्दै अरु तीन सिट खाली भए । ज्वाइले यी तीन सिटमा कोही आएर बस्न खोज्यो भने यी तीन सिट रिजर्भेसन सिट हुन् भन्नु भनेर ब्रेकफाष्ट लिन जानुभयो । ज्वाइले ब्रेकफाष्ट लिएर आएपछि हामीले पनि सोही ठाउँमै बसेर ब्रेकफाष्ट खायौ । हामीले खाँदाखाँदै हाम्रो घर परिवारका अन्य सदस्यहरूसमेत यहाँ आएर रिजर्भेसन सिटमा बसी खान थाले । यसैबिचमा जहाजले घोषणा ग¥यो कि अब तपार्इंहरू आफू रुममा बसेको परिचय कार्ड देखाएर किनमेल गर्न जान सक्नुहुन्छ । अहिले हाम्रो जहाज मेक्सिकोको इन्सेनाडा भन्ने ठाउँमा छ । अहिले हामी अमेरिकादेखि मेक्सिको घुम्न आएका छौं । मेक्सिको घुम्न जानेमध्ये आफ्नै घरपरिवारका सदस्य बाह्र जना पुगेका छौं । हामीले छिटोछिटो लन्च गरेर लिफ्टबाट लभिमा पुग्यांै । हामी हिँडेर घुम्ने कि गाडीबाट घुम्ने भन्ने विषयमा एकछिन आन्तरिक छलफल ग¥यांै । यहाँ हिँडेर जानेको बहुमतले जित्यो ।
हामी हाम्रो आई. डि. कार्ड देखाएर मेक्सिको सहरभित्र छिरिसकेका छौं । सहरभित्र छिरिसकेपछि ज्वाइले मलाई हिँडाउने कुराका लगि चिन्ता गर्नुभयो । उहाँले खास मलाई नै भनेर एउटा गाडी भाडामा लिने कि भन्ने सोँच निकाल्नुभयो । हाम्रो परिवारका केही सदस्यहरू हिँडिसकेका छन् । ज्वाइ र म मात्र चार चार डलर तिरेर एउटा बसमा बस्यौ । एक्कैछिनपछि बसले हामीलाई हुइक्याइ हाल्यो र मेक्सिकोको इन्सेनाडा भन्ने ठाउँमा पु¥याइ दियो । यहाँ आइसकेपछि ज्वाइ, म र नाति यश चाहेको स्थानमा ओल्र्यौं । यहाँ ओर्लेपछि एउटा जिपजस्तो देखिने तर वरिपरि कुनै छेकाबार केही पनि नभएको सवारी साधन एक घण्टाको लागि ६० डलर तिरेर भाडामा लिनु भयो । सो गाडी मालिकले पनि आफ्नो सवारी साधनको रुट बताइ दियो । ज्वाइले मलाई अगाडि बसाएर नाति यशलाई पछाडि समातेर बस्न भन्नुभयो । यसरी हामी अगाडि बस्यौं । यो काठमाडौँको ठमेलजस्तै इन्सेनाडा टुरिष्ट यरिया रहेछ । हामी पनि भाडामा लिएको साधनमा हामीले देख्ने भाग जति साधनमै घुम्यौ । यसरी गाडीमा घुम्दा एक घण्टा बितेको पत्तो नै पाइएनछ । गाडी बुझाउन ज्वाइ आफै लाग्नुभयो । अब हामी यो ठाउँबाट पानीजहाजसम्म पुग्नका लागि पहिला हामी बस चढ्दाखेरिको रिटर्न टिकट पनि भएको हुँदा कमला ज्ञवाली (मेरो साहिँलीदिदी) म र हरि बसमा चढ्यौं । दुई जनाको मात्र टिकट छ तर हामी भने तीन जना चढेका छौं । उत्सवले एक जनाको लागि टिकट काट्नु भनेर भाइ हरिको हातमा चार डलर थमाइ दिए । भाइले मसँग पानीजहाजसम्म पुग्नको लागि टिकट किन्ने डलर छ धन्दा मान्नै परेन भनेर भने । बस अगाडि बढ्यो । बसबिच बाटोमा पुगेर रोकियो । त्यही ठाउँबाट एक व्यक्ति चढ्यो । त्यो मानिसले बसको टिकट चेक गर्दोरहेछ । उसले हामीलाई टिकट देखाउन भन्यो । हामीले पनि आफूसँग भएको टिकट देखायौं । उसले टिकट हे¥यो अनि पछि मलाई हेरेपछि टिकट कटाउने छाँटकाँट नै गरेन । हामीलाई यो बसले सम्बन्धित ठाउँमा पु¥याउँदै बस रोकिएपछि हामी पनि ओल्र्यौ । हामी यस ठाउँमा ओर्लि सकेपछि हामीले आफ्नो परिचय कार्ड देखाउँदै क्रुज जहाजभित्र प्रवेश ग¥यौं ।
पानीजहाजमा लसएन्जलसबाट मेक्सिको तर्फ जाँदा पानीजहाज (क्रुज) को गति बिस्तारै चल्ने र मेक्सिकोबाट जहाज फर्किदा थोरै समय किन लाग्ने होला ? भन्ने प्रश्नले मेरो मनमा हलचलमच्चाइ रह्यो । मैले आफ्नो मनलाई यसरी शान्त पार्ने कोसिस गरेँ । यति धेरै यात्रुहरू बोकेर हिँडेको पानीजहाजलाई छिटो कुँदाउनु पनि त भएन । मेरो बुझाइमा यसरी बिस्तारै जहाज चलाउँदा त्यस वरिपरिको दृश्य राम्रोसँग देखिने र पानीमुनिका जीवजन्तुहरूलाई राम्ररी हेर्न सकिने भएर होला भन्ने मेरो व्यक्तिगत विचार प्रकट गरेको हुँ । तर यो वास्तविक साँचो कुरा नहुन पनि सक्छ ।
कोठामा आए पश्चात एकछिन मैले आराम गरेँ । त्यसपछि डायरीको पाना भर्न थालेँ । लेख्दालेख्दै कता हराउन पुगेछु पत्तो नै पाइनँ । त्यसपछि म बस्दै आएको कोठा नम्बर ६३५५ को चाबी साथमा लिएर बाहिर गएँ । बाहिर गएपछि लिफ्ट कहाँनेर छ भन्ने कुरा पत्तो लगाए पश्चात म सीधा एघारौँ तल्लामा निस्किएँ । यो एघारौँ तल्लामा नै हो स्विमिङ पोखरी भएको पनि । अहिले मैले यहाँ देखिरहेको छु भाइबुहारी लक्ष्मी, मेरी श्रीमती अनि सानो नाति जयलाई । नाति जयलाई मेरी श्रीमतीले काखमा लिएकी छन् । सानो नाति मज्जाले खेलिरहेको छ । छोरी कल्पना कता छिन् त भनेर मनले खोज्यो । यो कुरा मनले खोज्यो अनि तुरुन्त पत्तो लगाइ हाल्यो । केहीछिन अगाडि त छोरी हामीसँगै मेक्सिको गएकी थिइन् भन्ने कुराले सम्झना गरायो । अहिले ममाथि नै छु जहाँ स्विमिङ सामग्री राखिएको छ । मैले अहिलेसम्म बे्रकफाष्ट बाहेक केही खाएको छैन । अहिले तीन बजिसकेको छ । ज्वाइ विवेकले मलाई प्रश्न गर्दै किन नखानुभएको हो लन्च यस बेलासम्म ? यसको जवाफमा मैले नभ्याएको कुरालाई अगाडि सारेँ । ज्वाइ विवेकले लन्च गर्न बोलाएपछि म लन्च खाने स्थानतर्फ लागे । ज्वाइले पनि केही खानाखाने सामग्री ल्याइदिएर मेरो टेबुलमा राखी दिनुभयो । ज्वाइले टेबुलमा राखी दिएका खाद्य सामग्रीलाई प्रयोग गर्दै मैले आफ्नो भोक मेटेँ । त्यसपछि मेक्सिको गएको टोली फर्केपछि एकछिन रमाइलो ग¥यांै । साना नानीहरूलाई छोरीले कोठामै लगेर बेलुकीको खाना खुवाइन् । तर बुहारी पुष्पाले नाति जयलाई खुवाउँदा खान्नखान्न भन्दै थियो । खाना खाएको केही बेरपछि नाति जयले छाद्यो ।
आज सन् २०२३ को ९ तारिख तदनुसार असोज महिनाको २२ गते सोमबार विक्रम सम्वत् २०८० मा हामी छौं । आज पनि मेरो बिहानको दैनिकी पहिला जसरी चल्थ्यो त्यसैगरी नै चल्यो । हामी सबै जना नुहाइ धुवाइ गरेर क्यालिफोर्नियाको राजधानी स्याक्रोमेन्टो फर्किने मुडमा छौँ । अहिले यतिखेर बिहानको ६ बजेर दशमिनेट गएको छ । यसोउसो गर्दा गर्दै बिहानको आठसमेत बजिसकेको छ अहिले । अब यसपछि हामी एघार तल्ला ब्रेकफाष्ट खान चढेका छांै । ब्रेकफाष्ट खानको लागि हामीले आफ्नोआफ्नो टेबुल समातेर बस्यौँ । अन्यले आ–आफ्नो च्वाइस अनुसारको ब्रेकफाष्ट लिएर खाए भने मलाई चाहिँ छोरी कल्पनाले मद्दत गरिन् । हामीले ब्रेकफाष्ट खाइसकेपछि हामी कोही नेब्रास्का त कोही मिनियापोलिस छुट्ने कुरा ग¥यांै । मिनीयापोलिसदेखि भान्जी सविता र ज्वाइको आगमन भएको छ भने भाइ (नेत्र) र बुहारी समी चाहिँ नेब्रास्काबाट । हामीले अमेरिकाको विभिन्न स्टेटबाट यहाँसम्म पाल्नुभएर साथदिने मेरा आफन्तहरूमा दुई हात जोडी नमन गर्छु । अहिले बिहानको ९.३० बजेको छ । हामी बसी आउँदै गरेको रुमबाट सबै जना आ–आफ्नै हिसाबले निस्क्यौं । हामीले हाम्रो सामानलाई चेकअप गर्ने ठाउँमा पु¥यायौं र कर्मचारीहरूले उनीहरूको जिम्मवारी बहन गरेँ । हामीले सामान चेकअप गर्दासम्म हातमा बाँधिएको घडीले १०.१० बजाएको छ । हामी अब गाडी पार्किङ गरे वापत दिनको २० डलरको दरले तीन दिनको ६० डलर तिरेर हामी आफ्नो गन्तव्यतर्फ लाग्यौं । हामीसँग दुई सवारी साधनहरू छन् । पहिलो सवारी साधनमा भतिज उत्सव, भाइ युवराज र श्रीमती विजया, भाइ हरि र लक्ष्मी, भतिजी उस्मिता र ज्वाइ अनि कमला दिदी । यता हामी चढेको सवारी साधनतर्फ हामी दुई जना, छोरी ज्वाइ र दुई नातिहरूसमेत जम्मा तेह्र जनाको टोली इन्सेनाडादेखि हिँडिसकेको छ । अबको आठ घण्टामा हामी स्याक्रामेन्टो पुग्ने छौ । हाम्रो सवारी साधनमा बाटोमा दुई पटक तेल हाल्नु प¥यो । त्यसपछि अहिले रातको ८ बजे हामी घरमा आइपुगेका छौँ । यसरी हाम्रो क्रुज यात्रा यहाँनेर आएपछि टुङ्गिएको छ । हाम्रो क्रुजमा गरिएको लामो यात्राको अनुभव यसरी बटुलिएको छ ।