स्याउ
बाँस्काेटा धनञ्जय
निर्मलको भर्खरै अस्पतालकाट पित्तथैलीको अपरेसन गरेर घरमा ल्याएका छन् । उसलाई अस्पताल लैजानु अघिदेखि सामाजिक सञ्जालमा स्वास्थ्यलाभको कामना गर्नेहरूको भिड थियो ।उसले अस्पतालमा गरिने हरेक गतिविधिहरूको फोटा खिचेर सामाजिक सञ्जालमा हाल्थ्यो; जस्तैः उसले एम्बुलेन्समा चढेको, ओर्लिएको, रगत जाँच गर्न सुुुइले रगत तानेको, डाक्टरले उसलाई केही भन्दै गरेको, औषधी खाँदै गरेको आदि ।अनि मुनि कमेन्टको आइरो हुन्थ्यो ‘गेट वेल सुन’ अर्थात् ‘शिघ्र स्वास्थ्यलाभको कामना’ ।त्यही भएर होला उसलाई घरमा ल्याइपु¥याउन नपाइ मानिसको भिड सुरु भयो ।डाक्टरले उसलाई पाँच दिन खुवाउने छुट्टै औषधी र खानेकुरा लेखिदिएका थिए । घरमा गिलीमाम बाहेक केही पनि नखुवाउनु भन्ने आदेश थियो डाक्टरको ।‘तपाईंहरू पनि निर्मलाई भेट्न हिँड्नु भा ?’ हामी सानो घुम्ती पसलमा स्याउ किन्दै गर्दा एक हुल मान्छेले हामीलाई प्रश्न गरे ।‘हो । हजुरहरू ?’‘हामी पनि ।’ तिनले स्याउ, सुन्तोला र अनार किने ।जब हामी निर्मल कहाँ पुग्यौं, बाहिर जुत्ताचप्पलको जुलुस थियो । हाम्रा पनि थपिए उक्त जुलुसमा ।हामी र हामीसँग गएको भिडले प्लास्टिकका थैलामा ल्याएका फलहरू हस्तान्तरण गरिसकेपछि हामी ढोकासम्म उभियौं ।‘कस्तो छ यहाँलाई ?’ मैले निर्मललाई औपचारिक प्रश्न गरेँ ।‘ठिकै छ । बाँचेँ यहाँहरूको आशीर्वादले ।’त्यसपछि उनी चुप लागे ।उनकी श्रीमती अस्पतालमा भएका घटनाहरूको विवरण सुनाउँदै थिइन् ।हामी चुपचाप सुनिरह्यौं । कथा लामै थियो । एक घण्टा लाग्यो सुन्न ।‘लौ, आराम गर्नुहोला । हामी अब जान्छौं ।’ यति भनेर हामी बाहिरनिस्कियौं ।अर्को हुल भित्र प्रवेश गर्दैथियो प्लास्टिकका थैलामा स्याउ बोकेर ।‘हैन, निर्मलले त स्याउ नखाने रहेछन् । बेक्कार भयो ।’ मेरा साथी बोले ।‘अरुलाई हुन्छ ।’‘अरु पनि कोही छैन परिवारमा । उनीहरू दुइजना मात्रै हो ।’‘उसोभए छिमेकीलाई ।’‘छिमेकीसँग सम्बन्ध राम्रो छैन रे ।’‘उसोभए गाईबस्तुलाई ।’‘तिनले गाइबस्तु पालेकै छैनन् ।’‘उसोभए माटामुनि ।’
– दमक, झापा