सोचमग्न छु
ठाकुर बेलवास
“मान्छेसँग जोगिन सकियो भनेविपत्ति आफैँ हार्छन्मान्छेजस्तो भयानक विपत्तिमान्छेका लागि अर्को केही छैन”,तिमीले यसो भनिरहँदाम भुइँचालो पीडित आँखालेएकटक तिम्रो अनुहार हेरिरहन्थेँमान्छेमै त अडेको छआकाशमान्छेमै त झुण्डिएको छपृथ्र्वीमान्छेमै बाँचेको छ मान्छेफेरि पनि“मान्छेबाट जोगिन सकियो भनेजिन्दगी आफैं आकाश बन्छ”,तिमीले यसो भनिरहँदाम तिम्रा इन्दे्रनी आँखामाआफ्नो श्यामश्वेत अनुहार खोजिरहन्थेँघामले डढेर चिरिएकोसयपत्रीजस्तो अनुहारतिम्रा आँखाका तलाउमातैरिएको पाउँदाहर्षले लामो सास तान्दैमनमनै भनेथेँतिमी मसँगै रहुञ्जेलम बाँच्छु“जिन्दगीलाईअनेक रङ्गमा घोलेर हेर्नुपर्छरङ्गलाई माया गर्न सकियो भनेजीवन रङ्गिन हुन्छ”तिमीले जीवनमा रङ्ग जोडेपछिमैले त्यसैगरी रङ्गहरू खोज्नेथुप्रै प्रयास गरिरहँदातिम्रो रङ्गिन हाँसोमाम घाइते बन्थेँएक साँझफक्रँदै गरेको मखमलीकोथुँगा बिस्तारै चुँडेरतिम्रा आँखाको तलाउमा डुलिरहेकामेरा आँखालाईहातको मखमली थुँगामा उनेरझरनाको आवाजजस्तो स्वरमामैले भनेको थिएँ,“तिमी मेरा लागिन कहिल्यै भयानक बन्न सक्छ्यौन म तिम्रा लागि”संसारभर मान्छेको अनुहार एउटै देखिएसाँच्चै कति विरक्त लाग्दो हो !तिमीजस्ता नारीयस धरतीमा जीवित छन्र, म जस्ता पुरुषबाँचिरहेका छन्मैले गर्वका साथभनेको थिएँ,“तिम्रा अगाडि ईश्वरकोशास्त्रीय बन्धनखिया लागेको फलामभैmँ भाँचिन्छसमाजको पाखण्डआगोको कागजजस्तो हुन्छ”यस्ता कुरा गर्दातिमी आफ्नो अनुहारमा हुँदैनथ्यौँतिम्रो अनुहारभरि बादल जमेको देख्थेँमैले बादल पुछ्नगुलाफ टिपेरस्पर्श खोज्दातिम्रो अनुहारसमुद्रको सूर्यजस्तोहल्लिएको हुन्थ्योतिमीले भनेकी थियौ,“सम्बन्धहरूभ्रममा कस्सिएका हुन्छन्भ्रमले जति आनन्द दिन्छत्यति नै दुःख दिन्छ यथार्थले”म स्मृतिदंशलेथलिन्छु बेलाबेलारसोचमग्न हुन्छुतिमी मेरा लागिभयानक भयौ या भइनौँया म तिम्रा लागि !