बिडम्बना
सानुराजा श्रेष्ठ “अञ्जान”
समयक्रमले भन्यो –पूर्वपश्चिम पुलैपुलले ढाकिदिन्छु,यो देशलाई स्वीटजरल्याण्ड बनाइदिन्छु,तुइन सम्पूर्ण विस्थापित गर्छु,तर –पुल बगायो बाढीलेर तुइन छिन्योतीन जनाको प्राण आहुतिसँगै ...कतै सिमाना नजिकको तुइन पनिमान्छेसँगै काटिदियो छिमेकी दुर्वासाले ।आज गाउँ चौतारामा ...केवल हावा मात्र सुसाउने गर्छसमृद्धिको सपना देखाउनेहरूलेसमृद्ध देशतिर दरा पाखुरीहरूलाईनिकासी गरेपछिहुर्हुरी लु चल्ने देशमाबेल्चा हान्न पठाएपछिविकासको आधार भत्काएपछिवनमाराले वनपहरा ढाकेको छउर्वर माटो बञ्जर बनेको छ ।सपना देखाउनेहरूलेसपनामै भौतारिन बाध्य पारेआफू समृद्धिको लिस्नो चढेरविकसित देशतिर गैसकेपछिसमृद्ध उतैको देश बनेको छबिडम्बना ... !