आमा
समृद्धि बास्तोला
छोराछोरीको दुःखदेखि आमाको मन रुन्छ
आमाको ह्रदयभित्र दयैदया हुन्छ
खाउँखाउँ नानीबाबु भनी खान कर लाउने
दुःख जेलो गरेर नै छोराछोरीलाई ख्वाउने
को हुन्छ र ठुलोसानो को हुन्छ र तलमाथि
संसारमा कहाँ पाइन्छ र आमाको माया जति
आमासँग नमिठो बोलीबचन नबोल नानी हो
आमालाई खुसी पार्नु सबैको राम्रो बानी हो
- कपन, काठमाडौँ