हाम्री उर्वशी साँच्चै पुराणमा वर्णित अप्सरा उर्वशीजस्तै सुन्दरी छिन् । उर्वशी निकै श्रमशील छिन्, साहासी पनि छिन् । राजर्षी जनकको राजधानी जनकपुरको निकटमा रहेको गाउँको अत्यन्तै नैष्टिक वैदिक सनातनी ब्राह्मण परिवारमा जन्मिएर हुर्केकी हुन् उनी । व्रत बस्नु, नियमित भजन प्रवचन सुन्नु उनको नित्यकर्म हो । पूजाको फल के कति बुझेकी छन् उनले थाहा छैन तर पूजा उनको निरन्तरता हो ।
उनी नियमित रूपमा व्यायाम र योग पनि गर्दैछिन् । अनि उनी निरन्तर बिहान प्रातः भ्रमण गर्छिन् । अझ कहिलेकाहीँ त व्यायामशालामा नै गएर जिम पनि गर्ने गर्दछिन् । उनको त्यो निरन्तरताले उनको शरीर अझ स्वस्थ, सुन्दर र सुडौल बनाएको छ । व्यायाम मात्र होइन जीवनमा उनीले नियमित, निरन्तर श्रममा संलग्न हुनुपर्दछ । एउटा कुशल गृहणीले जे जे गर्नुपथ्र्यो त्यो सबै हुने गर्दछन् । बिहान चार बने नै उठेर स्नान, शौच, व्यायम, योग सकेर नियमित खाना खाजा बनाउनु, बालबालिकाको स्याहार गर्नु, उनीहरूलाई विद्यालय जानको लागि तयार पार्नु, परिवारका लागि खाना बनाउनु, सबैलाई खुवाउनु, दिउँसोको लागि खाजा बनाएर नानीहरूलाई र आफूलाई प्याक गर्नु अनि श्रीमान्लाई राखिदिनु अनि खाना खाएर हतार हतार विद्यालयमा नियमित हाजिर हुनु । यो उनको दैनिक बिहानको कर्म हो । बिदाको दिन छोरीहरूलाई नुहाइधुवाइ गर्दिनु, घरको सफाई गर्नु, लुगाफाटो धुनु सबै काम उनका नित्यकर्म हुन् । उनीले सबै भ्याएकी हुन्छिन् ।
माथि नै चर्चा गरिसकिएको छ कि उर्वशी कलिलै उमेरदेखि पूजाआजासम्बन्धी काममा संलग्न छिन् । ढुङ्गा, काठपात, धातुका मूर्ति या फोटाहरूमा पूजा गर्ने वैदिक सनातनीहरूको परम्परागत अभ्यास हुन्छ । मूर्तिपूजामा उनी सानै उमेरदेखि आमाबुवाहरूले पूजा गरेको देखेर, घरमा हजुरबा हजुरआमाहरूलाई देखेर घरबाटै प्रभावित हुँदै पूजा आराधनाको अभ्यासमा संलग्न पनि हुन् । तथापि यो मूर्तिपूजाको कर्ममा खासगरी पाञ्चायन पूजामा वैदिक परम्परा अझ सनातनीहरूको छुच्चो चलनमास्त्री–सुद्राणाम्बिवर्जितम् (महिला र शुद्रलाई बर्जित छ) भनिन्छ । त्यसैले त्यति अवसर दिइँदैनथ्यो । बिवाहअगाडिका कुमारीहरूलाई पनि कर्म नचलेका भनेर
शुद्रसरी
नै गरिन्थ्यो । त्यो कुरा अब पुरानो भइसकेको छ । अब त महिलाले पूजाअर्चना गर्ने चलनचल्ती
आएको छ । कार्यव्यस्तताले पनि होला पुरुषले पूजाआजा गर्न छोडेका छन् । त्यतिबेला ग्रामीण
परिवेशमा जतिबेला महिलालाई पूजाको खास अधिकार हुँदैनथ्यो । त्यसताका ऋषितर्पणीको पूजा, तिजको पूजाजस्ता विशेष पूजाहरू बाहेकका पूजाहरूमा
प्रायः पुरुषहरू नै संलग्न हुने गर्दथे । त्यसमा पनि उर्वशीको त बिहा पनि भएको थिएन
। बिहा नभएकी कुमारीहरूलाई पनि पूजाको अधिकार हुँदैनथ्यो । धूपबत्तीसम्म गर्नका लागि
कुमारीहरूलाई पनि अवसर थियो ।
ती परम्परागत भजन प्रवचनमा त्यसरी उर्वशी सानैदेखि
कुनै न कुनै ढङ्गले संलग्न थिइन् तर मनैदेखि भगवतभक्तिमा भने उनी १६, १७ वर्षको उमेरदेखि नजिक भएकी हुन् । स्कुल पढ्दैखेरि
नै घरमै एउटा भगवतभक्तिको चलचित्र हेर्ने अवसर पाएकी थिइन् उनले । उनकै परिवारका एक
सदस्यले सिडीमा त्यो हेर्न भनेर ल्याएका रहेछन् । हेरिसकेपछि राम्रोसँग थन्क्याउन भ्याएनछन्
। आफू एक्लै भएको मौकामा
घरकै डिभिडीमा त्यो भगवतभक्तिको चलचित्र हेर्ने अवसर जुरेछ उनीलाई । उनीले त्यसलाई चाख मानेर मात्र हैन बडो तन्मयका साथ हेरिछन् । त्यसबाट उनलाई भक्ति, र केही केही ज्ञानका कुराको चस्का परेछ । त्यो अपूर्व अवसरले उर्वशीलाई साधारण पूजा, आराधनाका साथसाथै भगवत भक्ति अथवा मानसिक पूजाअर्चनातर्फ पनिथोरै थोरै लगाव हुन लागेको रहेछ ।
एसएलसीको तयारीका निमित्त ट्युसन र एसएलसी परीक्षाको छोटो अवधिका लागि परिक्षाकेन्द्र रहेको जनकपुर सहरमा डेरा गरी बसेकी हुन् उनी । जानकपुर विवाह पञ्चमी लगायतका अनेक मेला लाग्ने र मेलामा धेरै मानिसहरू पूजाआजाका लागि आउने रहेछन् । परीक्षाभन्दा केही अघि त्यो मेलाको रमझम पनि हुनेरहेछ । त्यस्तै मुस्किलले एक महिना बसेको त्यो डेरामा उनकी मन मिल्ने गाउँकै साथी रमिला पनि थिइन् । रमिलाको केटा साथी विश्वासको पनि परीक्षा थियो । ऊ पनि त्यतै नजिकमा डेरा लिएर बसेका थिए । धेरै लामो अवधि एक जना सन्त योगीका साथ लागेर हिँडेपछि विश्वासको नियमित पढाइ छुटेको र निकैपछि फेरि विद्यालय भर्ना भएर अध्ययनलाई निरन्तरता दिएका रहेछन् । उनले अध्यात्मका कुरा सुनेका थिए, भगवत भक्तिका, ध्यानका विधिहरू जानेका थिए । तर अङ्ग्रेजी र म्याथ भने रमिलाको जस्तै उनको पनि कमजोर नै थियो । त्यसैले उनीहरू म्याथ र अङ्ग्रेजीको ट्युसन सधैं लिन्थे ।
गाउँमा
भन्दा त्यहाँ विश्वासलाई उनीहरूका कोठामा पनि आतेजाते गर्न सहज भएको थियो । ट्युसन
जाने, पाठको तयारी गर्ने, खानापिना बनाउने, खाने समयलाई व्यवस्थित गर्दै
मौका पाउनासाथ विश्वास भगवत्भक्तिका सन्दर्भ
जोडिहाल्थे
। रमिला पनि रमाउँथिन् । रमिलामात्र हैन उर्वशी पनि त्यस नवीन सन्दर्भमा सहयोगी स्रोता
र दर्शक हुन पाएकामा खुसी नै हुन्थिन् । त्यस अवस्थामा साथीलाई सहयोग गर्दै भगवत भक्तिका
पूर्वअवस्थालाई उर्वशीले नजिकैबाट हेर्ने, बुझ्ने र नियाल्ने अवसर पाइन्
।
पूजा
प्रत्यक्ष हेर्ने त अवसर पाइनन् होला ? पूजाका अवसरमा गाइने स्तोत्रहरू, आराधनाका गीतहरू, भक्तिभावका स्वरलहरीहरू भने सुन्ने
अवसर उनीलाई प्राप्त भएको हो । त्यतिमात्र हैन पूजाको तयारी गर्ने, नुहाइधुहाइ गर्ने अनि पूजाको सरसामानहरू तयार गर्ने सन्दर्भहरू भने आफ्नै आँखाले
छर्लङ्ग उनले देखेकी र कलिलै उमेरदेखि त्यसको महत्व पनि बुझेकी हुन् । मानवीय जीवनमा
भगवतभक्तिको साँच्चै नै ठुलो महत्व रहेछ भन्ने उनीलाई लागेको हो ।
एस. एल. सी. को राम्रो नतिजा प्राप्त भएपछि उनी दश जोड दुईको अध्ययनका लागि ठुलो सहर लागिन् । सहरमा उनलाइ शिक्षादीक्षाका साथै एक सन्त पुरूषको सान्निध्य प्राप्त भयो । त्यो सुपरिचित र अत्यन्तै निकटवर्ती व्यक्तित्वबाट पनि भगवत भक्ति र अध्यात्मको महिमा जानकारी भएको हो । शिक्षा ग्रहण गर्दागर्दै युगल सम्बन्धका कुरा, ध्यानका कुरा, अध्यात्मका कुरा, योगका कुराका साथै भगवत भक्तिमा संलग्न हुने अवसर तिनै सन्तका माध्यमबाट उनलाई प्राप्त भएको हो । सम्भवत उनलाई न्यासध्यानसहितको भगवत भक्तितर्फको जिज्ञासा पहिल्यै प्रबल भएको हुनुपर्छ । चाहना भएको हुनुपर्छ । कुनै पनि सन्दर्भको छोटो जानकारी जब प्राप्त हुन्छ त्यस शूक्ष्म ज्ञानलाई थप गरेर त्यसमा पूर्णता प्राप्त गर्ने चाहना भनेको मानवीय गुण नै हो । जबसम्म कुनै सन्दर्भका बारेमा केही पनि थाहा हुँदैन भने मान्छेले त्यसको थप जानकारीको खोजी गर्दैन । मानिसको मस्तिष्क यति प्रबल छ, यति क्रियाशील छ र यति जिज्ञासु छ कि जब कुनै सन्दर्भका बारेमा, कुनै वस्तुका बारेमा कुनै, सामग्रीका बारेमा या कुनै कर्मका बारेमा सूचना र शूक्ष्म जानकारी प्राप्त गर्दछ तब उसलाई त्यसप्रति जिज्ञासा त्यसप्रतिको चासो त्यसप्रतिको गहिरो ज्ञानको लालसा हुने गर्दछ । त्यसै कारणले हुनुपर्छ न्यास, ध्यान र पूजाआराधनासहितको भगवत भक्तिप्रति उर्वशीको अनुराग तीव्र रहेको हुनुपर्छ । उर्वशीका जीवनमा एउटा यस्तो अवसर आयो र त्यो अवसरमा पनि उनी भगवत भक्तिमा प्रवृत्त भएकी हुन् । सुरू सुरूमा गुरूजी उनीबाट भगवत भक्तिको यो सत्सङ्गका साथै समाजका सेवामा अझ खासगरी
गरिव, शाोषित, पीडितहरूका पक्षमा काम गरून्
कविता लेखुन्, साहित्यको उपाशना पनि गरून् र यो जीवनलाई सार्थक बनाउन् भन्ने पनि कामना राख्दथे
। सबै चाहेका कुराहरू पूर्ण हुन्नन् । यो मानवीय जीवनको यथार्थ हो ।
उर्वशीको जीवनको तरेलीमा अर्को एउटा अचम्मको अवस्था आयो । त्यस बाटोबाट जीवनमा केही उपलब्धि हुने, केही सकारात्मक प्राप्ति हुने सम्भावना देखिन् । जुन प्राप्ति जीवनभरको निमित्त वरदान पनि हुनसक्ने थियो । त्यस सन्दर्भमा उनले आफ्ना प्रियजनहरूसित मात्र हैन कि आफूलाई ज्ञान, भक्ति र जीवन दर्शनको शिक्षादीक्षा दिने र ज्यादै माया गर्ने ती सन्त गुरूसँग पनि विमर्श गर्न जरुरी देखिनन् । त्यस मार्गमा प्रवृत्त भइन् । यदि उनले आफ्ना अन्य प्रियजनहरूसित विमर्श गरेको भए त्यो बारेमा छलफल गरेको भए त्यो अवसर प्राप्त गर्नका निमित्त अरु बाटोहरू परिशीलन गर्न सक्ने थिइन् । तर उनीले आफ्नो मनमा जुन सोच आयो त्यही बाटोबाट जीवनका निमित्त महत्वपूर्ण उपलब्धि हासिल हुनसक्छ भन्ने विश्वास भयो र त्यसपछि उनी त्यो प्राप्तिका निमित्त ओमशान्तिको नयाँ मन्दिरमा नयाँ मार्गमा नै भगवतभक्तिमा संलग्न हुन पुगिन् । छोटै कालखण्डमा त्यो संलग्नताले पनि उनले अभीष्ट गरेको बाटोमा सफलता हासिल गर्न सकिनन् । सायद त्यो यात्रा या साधना लामो हुनसकेको भए सफलता प्राप्त गर्थिन् कि ? त्यसले उनलाई धेरै दुःखी बनायो । केही त्यस्ता दुर्घटनाका अवस्थाहरू पनि आए जुन अवस्थालाई परिवारजनले नकारात्मक ढङ्ले बुझे । पूजा, आराधना, नित्य भजन, किर्तनआदिका प्रयोगमा निर्लिप्त चेली कहीँ जोगी हुने पो हो कि ? कुमारी अवस्थामै कहीँ भक्तिनी बनेर शान्तिका खोजीमा गृहत्याग गरिदिने पो हो कि ? त्यसबाट कुलमा, समाजमा कस्तो परिणाम हुने हो भन्ने भय उत्पन्न भयो । आखिर पुरातनपन्थी समाज न हो । त्यसले कुनै
परम्परागतभन्दा
फरक परिणामको अपेक्षा नै गर्न सक्ने कुरै थिएन । त्यस्तो भयको वातावरण त्यसको परिणाम
परिवार तर्फबाट अर्कै प्रकारले अभिव्यक्त भयो । जसको उनले स्वीकार गर्न कर लाग्यो ।
त्यसबाट उनको सिङ्गो जीवन प्रभावित भयो ।
संयोग भनेको बडो अचम्मको अवस्था रहेछ । त्यही संयोगलाई परम्परावादीहरूले भाग्य पनि भनेर भन्ने गर्दछन् । १० मिनेट अगाडि कुनै कामका खातिर अर्थात् कोही मान्छे भेटघाटको लागि एउटा घरमा आयो । त्यो मान्छे आएको पाँचै मिनेटमा भूकम्प गयो । त्यो भूकम्पले घर भत्क्यो र त्यो व्यक्ति भूकम्पले भत्केको घरमा पुरियो । यदि त्यो १० मिनेट पछि आएको भए ? भूकम्पपछि उसको त्यो अवस्था पर्न पनि सक्दैनथ्यो । हो, यसैलाई परम्परावादीहरू अथवा रूढीवादीहरूले भाग्य भनेर भन्ने गर्दछन् । उसको मरन त्यस्तै लेखेको थियो भनेर मन बुझाउँद छन् । विज्ञानमाथि विश्वास राख्नेहरूले यही अवस्थालाई संयोग भन्ने गर्दछन् ।
त्यो अतिथि १० मिनेटभन्दा ढिलो अर्थात् भूकम्पपछि त्यस घरमा पुगेजस्तै उर्वशीको नयाँ अभ्यास पारिवारमा जानकारी नभएको भए या सार्वजनिक नभएको भए सम्भवतः उनले सोचेजस्तो परिणाम प्राप्त गर्न पनि सक्थिन् कि ? त्योभन्दा पनि अप्ठ्यारो र खराब अवस्था पनि आइपर्न सक्थ्यो कि ? संयोगले कुनै पनि कुराहरू सकारात्मकतामा पुग्न सक्छन् र संयोगले नै अत्यन्तै नकारात्मक अवस्थामा पनि पुग्न सक्छन् । हो, यहाँ पनि त्यस्तै भयो । त्यो परिवेश नकारात्मकतामा टुङ्गियो । त्यसपछिको अवस्थालाई हेरेर उर्वशी र उनको परिवारलाई उनै सन्त गुरुले नयाँ गोरेटो देखाए । गोरेटो मध्यमार्गको थियो । पुरानो भगवतभक्तिको बाटोलाई पन्छाएर नयाँ गृहस्थाश्रमको बाटो थियो । संयोगले त्यो बाटो पनि उत्तम त ठहरिएन । विकल्पहीन अवस्थामा त्यसलाई जीवनको एउटा पाठको रुपमा उनीले ग्रहण गरिन् । उनको परिवार त धेरै खुसी भयो ।
उर्वशीको
जीवनको डुङ्गाले निरन्तरता पायो । अहिलेसम्म जे जति चर्चाहरू गरियो त्यो सबै पृष्ठभूमिमा
रह्यो । यस कथाको अर्को दृष्य अर्थात् मान्छेको पूजा या भगवतभक्तिप्रतिको अनुराग र
त्यसप्रतिको दृष्टिकोण, धारणा र अनुभव पनि बडो अचम्मित बनाउने प्रकारको
छ । उनको व्यवहारिक जीवनसँगै अध्यात्मको अनुसन्धान गर्ने र भगवतभक्तिमा प्रवृत्त रहने
क्रम पातलो गरी चली नै रह्यो । उर्वशीलाई गुरुको वरद सान्निध्य प्राप्त भई नै रह्यो
।
भजन, प्रवचनको निमन्त्रणाले उनलाई खासै उत्साही बनाउँदैनथ्यो
। तथापि त्यो र भागवतभक्ति र प्रवचनको पूजाअर्चनाको निमन्त्रणलाई उनले स्वीकार्द थिइन्
।
पारिवारिक
जिम्मेवारीहरूलाई मिलाएर जसरी तसरी उनी त्यहाँ सहभागी हुने
गर्दथिन् । निमन्त्रणालाई स्वीकार पनि बडो सामान्य ढङ्गले हुन्थ्यो । त्यो पूजाआर्चना र भागवतभक्तिको प्रवचनको लागि गरिएको आमन्त्रणलाई स्वीकारमा अन्य कुनै कारणले प्रभावित गरेको अनुभूति हुन्थ्यो । अन्य कुनै कारणले गर्दाखेरि त्यो स्वीकार गरिरहेको उभयपक्षलाई आभास हुने गर्दथ्यो । सामान्यतया निमन्त्रणाहरू हुने गर्दथे । जसरी यजमानकाँ जानका लागि पुरोहितलाई निमन्त्रणा गरेजस्तै । सामान्य भजन, प्रवचन हुन्छ । त्यहाँ त्यस्तो विशेषता केही पनि हुने गर्दैन । त्यस माहोलमा कुनै प्राप्तिको लागि उनको विशेष अनुराग पनि देखिँदैन । गीतामा ‘कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन’ भनेजस्तो । त्यो भव्य हुँदाखेरि, नहुँदाखेरि पनि उनी त्यत्तिकै सुखद र सहज देखिन्छिन् । त्यस्तो नहुँदाखेरि पनि त्यतिकै सुखद देखिन्छिन् । उनीमा सामान्य सन्तुष्टि सधैँ देखिन्छ । त्यो सन्तुष्टि नै हेर्दाखेरि पनि नक्कली सन्तुष्टि पो हो कि सक्कली सन्तुष्टि पो हो कि बुझ्नै गाह्रो हुन्छ । तर सन्तुष्टि नै व्यक्त हुन्छ, कहिल्यै असन्तुष्टि व्यक्त हुँदैन ।
ठुलै सन्तसदृश छिन् उर्वशी । भगवत भक्तिमा संलग्न हुँदाका अवस्थामा बाहेक उनीमा कुनै अनुराग पनि रहँदैन । पूजाको आमन्त्रण गुरुबाटै हुने गर्दछ । उनीमा त्यसका लागि विशेष प्रकारको आसक्ति र अनुरोध पनि देखिँदैन । उनीमा विशेष प्रकारको त्यस्तो रहर र चासो पनि देखा पर्दैन । तर उनी निरन्तर संलग्न हुन्छिन् । बडो अचम्म, बुझ्नै नसकिने । त्यो पूजा आराधनाले, त्यो अर्चनाले उनीलाई कति सुखी बनायो कति दुःखी बनायो ? अथवा त्यो आराधनाको आवश्यकता थियो कि थिएन ? सधैँ सधैँ भजन प्रवचनको निमन्त्रणाले उनलाई खासै उत्साही बनाउँदैनथ्यो । तथापि त्यो निमन्त्रणलाई उनले स्वीकार्दथिन् । निमन्त्रणालाई स्वीकार पनि बडो सामान्य ढङ्गले हुन्थ्यो । त्यो पूजा आराधनाले, प्रवचनले अनि त्यो अर्चनाले उनीलाई कति सुखी बनायो कति दुःखी बनायो ? अथवा त्यो तामझाम र त्यो सङ्खघन्ट र त्यो समग्र भजन, प्रवचनको आवश्यकता थियो कि थिएन ? यो त माथि नै विवेचना भइसकेको सन्दर्भ हो ।
सधैं सधैँभन्दा यसपटक उनको प्रस्तुति फरक रह्यो । अचम्म लाग्ने व्यवहार उनले प्रदर्शन गरिन् । विरक्ति पनि हैन अनुरक्त पनि छैन । यो अवस्थालाई आध्यात्मिक अभ्यासमा सायद निश्पृहता भनिन्छ ? प्रायः पाक्षिक रूपमा आयोजना हुने गर्दथ्यो सत्सङ्ग । हरेक पक्षमा जस्तै आज पनि गुरुले उनीलाई सत्सङ्गका निमित्त बोलाए । कतिपय समयमा उनले समय मिलाउन सक्दिनथिन् अनि कतिपय अवस्थामा उनी आनाकानी गर्दथिन् । इच्छा नराखेको हो किजस्तो लाग्थ्यो । गुरुजीलाई त्यस्तो लाग्थ्यो । आज नितान्त फरक रह्यो । उनले तत्कालै अनि सहजमा सत्संगमा त बस्नुपर्छ नि भनेर इच्छा जाहेर गरिन् ।
निश्चित
गरिएको केही समय पछाडिफेरि गुरुको फोन आयो । फोनमा आज अलिकति केही समस्या भएको र सत्संगमा
आज लक्ष्य गरिएजस्तो, निर्धारित गरेजस्तो उर्जापूर्ण सहभागिता नहुने हो
कि भन्ने कुरा गरे गुरुले । अघिपछि त्यस्ता खबर पाएपछि उर्वशी तत्कालै नकारात्मक निर्णय
दिने गर्थिन् । तर आज त्यस्तो भएन । उर्वशी साविकजस्तो त्यसो भए त भयो भनेर पन्छिनन्
। उनी खुसीसाथ आजको कार्यक्रममा जाने, जस्तो भए पनि हुन्छ भनेर तयार
भइन् । अप्रत्यासित भयो । गुरुजी खुसी भए र कार्यक्रममा जानको लागि आवश्यक तयारी गरे
। आफ्नै ढंगले चेलाचेलीहरूसँग भेटघाट गर्ने सन्दर्भ तय भयो । आज उनीले रहरै गरिन् ।
गुरुजीले पनि अनुभूत गर्ने गरी उनले रहर गरिन् ।
उर्वशी
निर्धारित समयमै सत्संगको स्थानमा पुगिन् । गुरुजी पहिले पुगिसकेका थिए । सत्संगमा
प्रवचन सुरु हुनै लाग्दा उर्वशीले झलक्क घरको समस्या सम्झिन् ।
कुरा
घरका लागि केही औषधि मगाएर भरे घरमा जाँदा लिएर जाने कुरा थियो ।
घरमा
औषधिको आवश्यकता थियो । आफ्नो सत्संगमा संलग्न भएपछि प्रवचन छोडेर जाने कुरा भएन ।
त्यसैले गर्दा फोन गर्ने सन्दर्भ उठ्यो । कति प्रयत्न गर्दाखेरि पनि फोन लाग्न सकेन
। त्यसैले उनी धेरै चिन्तित भइन् र त्यही चिन्ताले गर्दा आजको सत्संगमा प्रवचनमा उनी
संलग्न हुन सक्ने सम्भावना एकदम कम देखियो । गुरुजी निकै चिन्तित हुनुभयो ।
आज गुरुजीले
सोचेजस्तो अवस्था भने आएन । तत्कालै नितान्त फरक र सुखद परिणाम देखियो । त्यो परिणाम
देखिनुमा पनि उनकै चाहनाले काम गरेको
पाइयो । त्यो परिस्थितिबाट पार पाउने उपाय पनि उनले नै निकालिन् कि फर्केर जाँदाखेरि त्यही पसेर लिएर जाने । औषधि प्याक गरुन्जेल अलिकति समय लाग्ने त हो के फरक पर्छ ? त्यतैबाट जाँदा लिएर जाउँला भयो यो फोन नगरौँ भनेर ढुक्क देखिन्छिन् । भर्खरैको विषादपूर्ण मनस्थितिबाट मुक्त भएर उनी सत्संगको निमित्त शारीरिक मानसिक दुवै हिसाबले तयार देखिइन् ।
नयाँ
वक्ता वैज्ञानिक आसनमा विराजमान भएर प्रवचन सुरु गरे । उर्वशी तन्मयका साथ सत्सङ्गमा
लिन भइन् । गुरुजी पनि दङ्ग परे । त्यस चरणमा गुरुजी पनि श्रोता, दर्शक नै थिए । उनी आफ्नो प्रवचनको पालोको प्रतीक्षा
गर्दै आजका नयाँ वक्ताको प्रवचनको रसपान गर्न लागे ।
सत्सङ्गका क्रममा लामै समय संलग्न भएपछि जुन भाव उनका चेहरामा देखा पर्दथ्यो । उर्वशीमा त्यो सुखद मन्द हाँस्यसहितको आनन्दीभाव आज तत्काल देखा पर्यो । लामो समयदेखि प्रवचनमा तन्मयसाथ रहेजस्तो । अर्को कुनै सत्सङ्गबाट निवृत्त भएर आएर पुनः यहाँ निरन्तरता दिएजस्तो । गुरुजी साथै थिए र त्यो भावको गहिरो अध्ययनका साथ गुरुजीले आज नितान्त नयाँ सुखद अवस्था अनुभूत गरे ।
हुन
पनि आज अर्को अपूर्व सुखद सन्दर्भको प्रारम्भ भएको थियो । त्यो सत्सङ्ग स्थलमा उर्वशी
सधैँ नै गुरूजीका साथ जाने गर्दथिन् । उनी एक्लै कहिल्यै गएकी थिइनन् । प्रवेशमा सधैँ
एकसाथ हुनुमा अलि सङ्कोच मान्दथिन् र सत्सङ्ग स्थलका निकट पुगेपछि उनी केही पछाडिमात्र
प्रवेश गर्दथिन् । आज क्रमभङ्ग भएको थियो । उनीले फोन गरेरै गुरुलाई सत्सङ्ग स्थलमा
जाँदै गर्नु म आफैँ आउछु भनेकी थिइन् । उनी निर्धारित समयभन्दा केही पूर्व नै आइपुगेकी
थिइन् । यस नयाँ अभ्यासबाट पनि गुरूजीलाई उर्वशीमा आउँदै गरेको परिपक्वताको आभाष भएको
थियो ।
आजको
प्रवचनले अपेक्षाकृतभन्दा छिटै व्यापक रोमाञ्चकता ल्याएको अनुभूत भयो । ती नयाँ वक्ताको
प्रवचनपछि त गुरूजीकै पालो थियो । तर आज उनीलाई ती नयाँ वक्ताको कुन प्रशङ्गले धेरै
छोयो कुन्नी ? उनी भने छिटै गुरुजीकै प्रवचनका लागि व्याकुल भएको
देखियो । गुरुजीका कानमा खुसुक्क कानेखुसी गरिन् ‘यसो नजिक गएर बस्नुस् न । ती
वक्ताले आशय बुभेर चाँडै हजुरलाई पालो दिन्छन् कि ? मलाई त छिटै हजुरको प्रवचन सुन्ने
उत्कट चाहना भयो ।’ गुरुजी आज्ञापालक बालकजस्तै उठेर त्यतै लागे ।
आज गुरुको प्रवचन पनि त्यस्तै अपेक्षाकृत रोमाञ्चक रह्यो । प्रवचन सम्पन्न भयो । आजको पुष्पाञ्जली, आरती आराधना पनि भव्य भयो । हतार हतार रहर रहरमै प्रसाद र पञ्चामृतको बहाव सुरू भयो । प्रवचन लामो भएर हो वा पहिल्यै नै पञ्चामृतको बहाव भएको हो कि कुन्नी ? आज त कहिल्यै नभएको पञ्चामृत जमेर रहेको ढिका ढिका नै पाइयो । अनुपम स्वाद र सन्तुष्टिको प्रसाद, भक्तिको पूर्णताको प्रतीक पञ्चामृत ।
समयको
अन्तराल, भगवत भक्ति, पूजा, आराधनाको निरन्तरको अभ्यासबाट उर्वशी ज्ञानको दैलो
उघार्न सफल भएकी हुन् भन्नेमा गुरुजी ढुक्क देखिन्थे । गुरुजी मनमनै उर्वशीलाई सम्झेर
मनोवाद गर्दछन् : ‘वास्तविकता त्यस्तै थियो कि अरू नै कुनै अभीष्टमा
उनी लिप्त थिइन् ? त्यो भने अरूले जान्ने कुरा थिएन । उनी पनि मान्छे
नै त थिइन् । मान्छे आफैँमा संसारकै सबभन्दा जटिल संरचना हो । यो श्रृष्टिकै सबभन्दा
उच्चतम उपहार हो ।’