कविता
संसार
गङ्गा सुवेदी
स्वतन्त्र रहेन रै’छ संसार
तिमी म अनि चराचरसमेत
डरैडर
आसैआसको कसिलो पञ्जामा रहेछ
जिन्दगी पनि
तब त आपूmलाई
अल्मलाउँदो रहेछ
कहिले सपना बुनेर
कहिले कल्पनामा उडेर
भित्रभित्रै भ्रम हुर्काउँदै
आपूmलाई सर्वेसर्वा ठानेर
थाहा छ र पनि
यात्राको निर्देशन अरू कसैले गर्दैछ
भन्नुमात्र छ
भाग्य रचयिता आपूmलाई
गन्तव्य तोकेर प्रारब्ध रच्छ
अर्कै कोही
अदृश्य धागो समातेर
कठपुतलीजस्तैै नचाउँछ कोही
नाच्नेहरू
आपूmलाई स्याब्बासी दिनमा मख्ख छन्
झिनो स्वासले कत्ति धेरै खेल्छ खेल
रच्छ प्रारब्ध
बाँड्छ भ्रम
हौसिन्छन् हौसिनेहरू
सत्तासिनले सुम्पिएको जिम्मा वाहेक
००
