कविता
असार १५
असार १५ गते पर्छ किसानलाई चटारो
।
रोपाइँ गर्न हुन्छ उसलाई निकै
हतारो ।।
असार १५ मा नै मान्छौं राष्ट्रिय
धान दिवस ।
कृषक भने बजार धाउन हुन्छन् सधैँ
विवश ।।
तराईबासी पनि मान्छन् १५ असार
।
तराई नै हो हाम्रो देशको अन्न
भण्डार ।।
असार १५ मै नेपाली दही–चिउरा
खान्छन् ।
कृषक भने रोपाइँ गर्दै भ्mयाउरे भाका गाउँछन् ।।
कृषकहरू असारमा धानको बिउ रोप्छन्
।
मङ्सिर लागेपछि बाली भित्र्याउन
थाल्छन् ।।
कृषि प्रधान मुलुकका हामी नेपाली
।
धान नै हो हाम्रो देशको मुख्य
खाद्यबाली ।।
नेपालको कृषि भूमि झन् झन् मासिदैछ
।
कृषि उत्पादनमा पनि कमी आउँदैछ
।।
केही दशक अघिसम्म हुन्थ्यो खाद्य
निर्यात ।
अहिले भने नेपालीले गछनर्् खाद्य
आयात ।।
विदेशिएका युवाले देशमै खेती
गर्नुपर्छ ।
बाँझो जमिन पनि खेतीयोग्य पार्नुपर्छ
।
पुरातन खेती प्रथा अन्त्य गर्नुपर्छ
।
वैज्ञानिक कृषि प्रथा लागु हुनुपर्छ
।।
राज्यले किसानको हितमा नीति ल्याउनुपर्छ
।
कृषि मैत्री वातावरण बनाउनुपर्छ
।।
कृषि क्षेत्रमा सुधार अब नगरी
हुँदैन ।
कृषिलाई हेंला गरे देश बन्दै
बन्दैन ।।
- भक्तपुर
