कविता
पाँच टुक्का कविता
अरुणबहादुर खत्री “नदी”
१
तिम्रो चालामाला सबै हेरी आफैँ
खिन्न भएको
तिमीलाई छाडेर म तिमीदेखि टाढा
भएको ।
२
तिमीबिना नै म त एक्लै रमाएँ
खुसीले बसन्ती बिहानी समाएँ ।
३
सन्तानको सुखलाई मैले आफ्नै सुख
ठानँे
सन्तानको दुःखलाई मैले आफ्नै
दुःख मानेँ ।
४
चढ्नुपर्छ शिखर परिश्रम मेहनत
गरेर
उत्तम काममा अघि बढांै आफैँ अगाडि
सरेर ।
५
तिम्रो खुसीमा म आफैँ हराउँछुु
सन्तुष्टि प्राप्तिमै म त रमाउँछु
।
– बुढानीलकण्ठ–४, पासीकोट,
उज्यालोबस्ती, काठमाडौँ