गजल
गजल
नवराज न्यौपाने “मौन”
मबाट गल्ती हुँदैन सानु पियार
लाएँ धरा सजाई
छ देश मेरो असाध्य राम्रो यतै
रमाएँ धरा सजाई
अनेकतामा छ एकता नै मिलेर बस्दा
समाज जम्छ
रहेछ माटो अनाज फल्ने मनै भुलाएँ
धरा सजाई
हिमाल हाँस्दा गुराँस फुल्दा
तिमी रमायौ म हुन्छु दङ्ग
अतीव सच्चा छ प्रेमगाथा सबै सुनाएँ
धरा सजाई
स्वदेश माया भुलिन्न प्यारी जहाँ
म जाऊँ हिसाब हुन्न
झुलेछ बाली मनै रमायो व्यथा बिसाएँ
धरा सजाई
बनेर पापी म दिन्न धोका भएर ढुक्कै
बसे नि हुन्छ
ल दैव भाकी र हात तानी कसम नि
खाएँ धरा सजाई
- मातातीर्थ, काठमाडौं