गजल
गजल
रमेश शर्मा घिमिरे
न इष्टमित्र न त दाजु भाइ
सम्पत्ति भए हुन्छ हाई हाई
गरिबीमा हुँदैन कोही पनि
आफन्त नै बन्ने छन् पराई
बढी होस् वा धेरै घटी होस्
खुसी रहनु त्यसमै रमाइ
धन सम्पत्ति इज्जत त्यसैले
सुरक्षित राख्नुपर्छ बचाइ
- विराटनगर-१९
