यात्रासंस्मरण
नर्बेली कवि हेराल्ड स्भेड्रपको एउटा
कविताबाट हाम्रो उक्त यात्रा सुरु भएको अनुभूति भएर सोही कविताका यी हरफहरू पस्केँ
ः
डाण्डेलियन्सका भक्तजनहरू
मैतिर फर्किरहेछन् — बच्चाहरू हो !
मेरा उड्दै गरेका चराहरू समात
र मेरो पहेंलो सूर्यतिर नजर लगाऊ
जुन तिम्रा अद्भुत नयनहरूसँग
हरियो घाँसको आकाशमा जल्छ ।
बच्चाहरूलाई मेरो समीपमा आउन देऊ
किनभने तिनीहरूले कहिल्यै पनि
लेउको आवाज सुनेका छैनन् । (द
डाण्डेलियन्स प्रेयर)
जुलाई १० को दिन थियो । त्यसबेला हामी
सिड्नीको लिभरपुलमा भाइ रुपक उपे्रतीको घरमा आतिथ्यता ग्रहण गरिरहेका थियौं । आप्mनै घरमा पुगेजस्तो । आप्mनै भाइको घरमा पुगेजस्तो । आप्mनै आकाश र आप्mनै धर्ती भेट्टाए जस्तो ।
छोरी, ज्वाइँ र हामी दुई जनाको प्रवेशले मुस्कुराएका रूपक भाइ र
दुलही सरलाको खुसीका आयामहरू अकल्पनीय थिए ।
सात समुद्रपारि पनि सम्झनाका तरेलीहरू
हराभरा भए ।
सात समुद्रपारि पनि मित्रताका अनेक
आयामहरू तरङ्गित भए ।
केही हराएको छैन । संस्कार र संस्कृति
उही । मुस्कान र मित्रता उही । नेपालीपन उही ।
हामी त घुमन्ते थियौं, घुम्न गएका । जानु थियो कतै न कतै । देख्नु
थियो केही न केही । बोल्नु थियो केही न केही । अनि लेख्नु थियो केही न केही ।
‘आजको योजना के छ ?’ बिहान सबैजना नास्ता गरिरहेका बेला मेरो प्रश्न
खस्यो ।
‘ब्लु माउन्टेन ठिक छ’, रूपक भाइले सल्लाह दिए । रुपक भाइकै सल्लाह
अनुसार हामी ‘ब्लु माउण्टेन’ घुम्न जाने योजना बनायौँ । सोही अनुसार बिहान हामी
खाना पश्चात ब्लु माउण्टेनको लागि प्रस्थान ग¥यौं । सरला नानीको पनि छुट्टी परेकोले गर्दा उनी पनि हाम्रो
यात्रामा सामेल थिइन् ।
ल्।गभग अढाइ घण्टा कारको डण्डी समातिरहेकी थिइन् छोरीले हामीलाई त्यहाँ पु¥याउन । फराकिलो बाटोमा आनन्द र कल्पना मिसाएर
बाहिरका दृष्यहरू नियाल्दै थिएँ म । अनि बाटाभरि ब्लु माउन्टेनको बिम्बले उद्वेलित
बनाइरह्रयो ।
नाम त माउन्टेन ।
त्यो अग्लो होला । नेपालका हिमालहरू
जस्तै ।
त्यो ब्लु माउण्टेनमा त हिउँ होला
सेताम्मे चाँदीझैँ टल्किने । तर ब्लु नाम कसरी नि फेरि ?
अनि हिम चितुवा होला । बढेमानका
हिउँका ढिस्का होलान् । अनि त्यहाँ स्केटिङ्ग गर्नेहरूको रहरलाग्दो भिड होला ।
हिमाललाई चारैतिरबाट चाँदीको लेपन लागेको होला । अनि पानी होला हिमनदीले बनाएको ।
ग्लेसियर होला,
बिस्तारै हिउँ
हिँडेको पनि देखिएला ।
त्यो पनि निलो होला ।
मान्छेको बसोबास नभएको त्यो निर्जन
ठाउँ होला । त्यो अग्लो हिमाल
होला । कति मिटर अग्लो होला ? आफ्नै देशको
हिमाल त देख्न पाइएको थिएन, यहाँ आएर देख्न
पाइने भयो । अनि त्यसको बेस क्याम्प होला
। अनि हामी हिउँसँग खेल्न पाउँला । वाउ !
मनमा रोमाञ्चकताले घर गरिरहेको बेला
एउटा जङ्गलको पल्लाछेउमा सानो बजार भए ठाउँमा छोरीले गाडी रोकिन् ।
‘ब्लु माउन्टेन आइपुगियो । डेडी चाहिँ
सचेत हुनु, चिसो छ ।’
‘एउटा मास्क बोकेको छु, नेपालदेखि ल्याएको । उहाँ मोटरसाइकल कुदाउँदा
लगाउने गरेको । त्यही लगाउँछु, नानी ।’
‘मास्क प्रतिबन्ध छ यहाँ । लगाउनु
हुँदैन ।’
हामी गाडीबाट बाहिर निस्किनासाथ मलाई
अक्सिजनको कमी भयो चिसोले गर्दा । केही समय म गाडीमै बसेँ । निराकार ।
‘चिसोको एलर्जी हुने मान्छे के रहर
गरेको घुम्न ! अलच्छिनी !’ आपैmँलाई मनमनै गाली
गरेँ ।
एक्लै कारमा बसिरहेँ तातो बनाएर ।
एकैछिनमा फेरि भेला भइयो, नानीहरू बाहिर पहाड हेरर आए ।
‘पर डाँडामा गएर हे¥यौं । त्यहाँ त डरमर्दो भिर वारि र पारि’, जानुकाले रिपोटिङ्ग गरिन् ।
‘रिपोर्टिङ्ग सुन्नु पर्ने भए किन
मुन्टेको त यहाँ ?’
आफँैलाई गाली
गरेँ ।
‘लु राम्रो ।’ बलजप्mती दाँत देखाएँ । ज्वाइँले फोटाहरू देखाउनुभयो
खिचेर ल्याएका ।
त्यसपछि हामी पारिपट्टि गयौं । हावाको
वेग कम थियो त्यहाँ । त्यसैले त्यो
मेरो लागि ‘कम्फर्टेबल’ थियो ।
त्यहाँ गएपछि म पनि निस्किएँ गाडीबाट
बाहिर ।
मान्छेको भिड थियो ।
हजारौं मानिस त्यहाँ दैनिक जाँदा
रहेछन् । हिउँको नामनिसाना नभएको ठाउँलाई माउन्टेन भनेर, नाथे कुरालाई बढाइ चढाइ गरेर पर्यटकहरूको ओइरो
लगाएर खाइरहेको थियो त्यो माटोले । पर्यटन मात्रै चल्यो भने देशले केही गर्नु
नपर्ने रहेछ भन्ने पनि देखियो ।
गाडीबाट बाहिर निस्किएपछि वरिपरि नजर
लगाएँ । त्यहाँ कुनै हिउँ थिएन । न त पानीका भाग । न त बेस क्याम्प । न त चाँदीभैmँ टल्किने टाकुरा ! न त स्कटिङ्ग गर्नेहरूको
घुइँचो । न त हिमाल । न त पर्वतारोही । न त मानव बस्तीबिहीनता । न त चाँदी जस्तै टल्किने हिमनदी ।
सिर्पm एउटा पहाड, जंगलको बिचमा ।
रूखो पहाड, गिङरिङ्ग पहाडको थुम्को अनि पर क्षितिजसम्म
देखिने हरियो जंगल ।
अनि तल पाताल जस्तै देखिने गहिरो भाग, पातालभैmँ लाग्ने । अन्त्य नदेखिने गहिराई । अन्त्य नदेखिने आकाश
जस्तै । आकाश र धर्ती उस्तै उस्तै आयाममा देख्न पाइयो । अकल्पनीय आयाम ।
मनको आयाम, अर्थात् गहिराइ पनि यस्तै भए पो ! कति सतही छ
हाम्रो मनको गहिराइ !
अनि पर क्षितिजसम्म पैmलिएको घना जंगलले निम्ता गरिरहेको थियो
मान्छेका आँखाहरूलाई, मान्छेका
नजरहरूलाई, मान्छेका बुद्धिहरूलाई ।
अब यो माटोलाई जोगाउने भनेको हामी रूखहरूले नै हो
।
आँखाले नभ्याउनेसम्म समथर बसेको
जंगलको उपत्यका यही सम्बाद
गरिरहेको थियो मानव सभ्यतासँग ।
जंगलको त्यो भीमकाय उपस्थितिलाई कसरी
‘माउण्टेन’ भने,
मैले त्यही
खोट्याउन सकिनँ ।
थोपो हिउँ नभएको ठाउँ कसरी माउण्टेन
भयो ?
यो प्रश्नलाई गर्भमै राखेर तलतिरको
दृष्य हेर्न थाल्यौं ।
तल भिर । अनि परसम्म पैंmलिएको पत्थरको पहाड ।
निरन्तर हावा चलिरहेको थियो । चिसोको
कुनै सीमा थिएन । जम्मा ९ डिग्री तापक्रम थियो । चिसोसँग जुध्न नजान्नेहरूका लागि
त्यो कठिन समय थियो । झापाको तातोसँग मात्र जुध्ने बानी परेका हामीलाई निकै सकस
भयो, खासमा मलाई । अक्सिजनको
कमी भयो । धन्न आस्थालिन साथमा थियो ।
प्रकृतिसँग जुध्न कसले सक्ने र ?
अनि पारिपट्टि हेरेँ ।
र देखेँ ‘ब्लु माउण्टेन’ । त्यही
गहिरो भागतिर जाने ठाउँमा, भिरको बिचमा
तीनवटा पहाडहरू ठिङ्ग उभिएका थिए । ती कता हो कता अग्ला पनि थिएनन् । तर ती सँगै
उभिएका थिए । अर्थात् ‘नील पर्वत’ । हरियो पर्वत हुनुपर्ने जंगल हेर्दा । तर नील
पर्वतको कुरा वेदमा पनि रहेछ ।
अनि बेदको कुरा अष्ट्रलियामा ! निकै
अचम्म लाग्ने कुरो थियो त्यो ।
अनि ती लहरै उभिएका तीन वटा पहाडको
नाम ‘थ्री सिस्टर्स’ अर्थात ‘तीनवटी दिदीबहिनी’ रहेछ त्यहाँको भाषा र परम्परा
अनुसार ।
त्यहाँका आदिवासीहरूको कथा भने बेग्लै
रहेछ । त्यही अगाडि देखिने सुन्दर जेमिसन उपत्यकामा तीन जना दिदीबहिनी बस्थे रे ।
छिमेकी समुदायका तीन जना केटाले ती केटीलाई मन पराए र बिहे गर्न चाहे । तर तिनका
सांस्कृतिक कानुनले गर्दा बिहे गर्न बञ्चित गर्ने प्रयास भयो । ती केटाले तयो
सांंस्कृतिक विधानलाई अस्वीकार
गरे र ती दिदीबहिनीलाई अपहरण गर्ने निधो गरे । ठुलो लडाईं भयो । त्यही बेला
एउटा बुढो मानिसको सहायताले ती केटीहरू ढुङ्गाको पहाड बनेर ती केटालाई जोगाउन
खोजे । तथापि केटा मारिए लडाईंमा तर ती केटीहरू फेरि मानिसको जुनीमा फर्किन
सकेनन् र ती थ्री सिस्टर्सको नामले पहाड भएर उभिए ।
यत्ति हो त्यसको विरासत । केही छैन ।
त्यो न त कुनै धर्मसँग जोडिएको छ, न त कुनै सांस्कृतिक विरासतसँग । यो सृष्टिलाई
जोगाउन भनेर खडा भएका ती तीनवटी दिदीबहिनीको प्रतिमालाई मैले पूर्वीय दर्शनमा
वर्णित सृष्टिकर्ता, संरक्षणकर्ता र
नाशकर्ता सम्भेmँ ।
अर्थात् ब्रम्हा, विष्णु र महेश्वरको साक्षात उपस्थिति । त्यही
सम्भेmँ ।
अष्ट्रेलियामा पनि यसरी ब्रम्ह, विष्णु र महेश्वरको कल्पना गरिएको रहेछ । त्यही
देखेँ मनले ।
त्यहाँ पर्यटकहरूलाई लोभ्याउन खप्पिस
देश देखियो । तिनले मानिसलाई लोभ्याइरहन्थे । आकर्षित बनाइरहन्थे । त्यहाँ तीनवटा
कुरा थिए । सेनिक स्काइवे, सेनिक रेलवे र
सेनिक केवलवे ।
त्यहाँ हामी ‘सेनिक स्काइवे’मा चढेयौं
। त्यो पारिबाट थ्री सिस्टरर्स भएको पहाडसम्म पुग्ने आकाशे कार थियो । जेमिसन
उपत्यका माथि,
त्यो खोचमाथि
थियो त्यो कार । विशाल लठ्ठामा एक सय भन्दा बढी मान्छे एकै पटक बोकेर जाने । अनि
पारि पुगेपछि फेरि फर्काएर ल्याउने गथ्र्यो । त्यसमा एउटा उद्घोषक पनि थियो । ऊ
लगातार त्यो भिर,
त्यो खोच, अनि त्यो पहाडको वर्णन र प्रशंसा गरिरहन्थ्यो
। २७० मिटरको छोटो दुरीको भए पनि कहालीलाग्दो
थियो । तल खोचभित्र जमिन देखिन्नथ्यो । त्यो अष्ट्रेलियाको सबैभन्दा अग्लो केवलकार
रहेछ । त्यही भनियो —यो अष्ट्रेलियाको सबैभन्दा अग्लो केवलकार हो । बस, मानिसलाई यति भए पुग्यो ।
त्यसपछि हामी अर्को अडभेञ्चर ‘सेनिक
रेलवे’ चढ्यौं जुन विश्वको सबैभन्दा भिरालो रेलमार्ग रहेछ । माथि डाँडाबाट तल
खोचमा, पहिले माइन अर्थात् खानी
खन्दा मजदुर जान आउनका लागि बनाइएको त्यो रेल आज दैनिक लाखौं डलर कमाइरहेको थियो ।
पुराना संरचनाबाट नयाँ कमाइ ।
वाह !
त्यो ५२ डिग्रीको भिरालोमा कुद्छ त्यो
रेल । त्यस्तो उकालोमा रेल चढेको अकाल्पनीय थियो । डरमर्दो थियो । संसारको
सधैँभन्दा भिरालोमा चल्ने रेल भनिएको थियो । छोटो दुरीको त्यो रेल निकै भिरमा
कुद्थ्यो । मानिसलाई त्यति भए पुग्यो ।
संसाभरका मान्छे आए त्यही चढन । त्यही हेर्न ।
त्यसपछि हामी अर्को अडभेञ्चर ‘सेनिक
केवलवे’ चढ्यौं,
जुन ८४ जना
मान्छे एकै पटकमा बोक्दो रहेछ । माथि डाँडाबाट तल जंगलको खोचमा पु¥याउने र ल्याउने गथ्र्यो । गज्जव त त्यो
केवलकार सबैभन्दा ठुलो केवलकार रहेछ र अष्ट्रेलियाको सबैभन्दा अग्लो । संसरको
सबैभन्दा ठुलो केवलकार भने पनि मान्छेलाई अरु के चाहियो ?
हामी पनि ती अद्भुत संरचनामा रमायौं ।
फोटा र भिडियो खिच्यौं । गज्जव त के रहेछ भने ती तीनैवटा चढने कन्ट्रोल रुम चाहिंँ
एउटै । एउटा टिकट किने पनि तीनैवटालाई काम दिने । बिल काटेपछि एउटा क्युआर सहितको
स्टिकर हातमा बाधिदिए, अनि तिनमा चढनु
अघि मिसिनमा स्क्यान गरेर मात्र अगाडि छिर्ने ढोका खुल्दा रहेछन् ।
त्यहाँ एक जना पनि देखिएन जो पैसामा
दलाल गरोस्, वा सित्तैमा चढन खोजोस् ।
त्यो अनुशासन । अनि अनुशासनमा विकास ।
अर्थात् अनुशासनविना विकास सम्भव छैन
भन्ने पनि देखियो ।
बेलुका हामी सिड्नीको लिभरपुल
आइपुग्यौं । टिभीमा समाचार हेरेँ । प्रधानमन्त्री स्कट मोरिसन बोल्दै थिए ‘वी मष्ट
ह्याण्ड ओभर अ बेटेर नेसन टु द फिउचर जेनेरेसन ।’ (हामीले हाम्रा भावी पुस्तालाई
एउटा राम्रो मुलुक सुम्पिनुपर्छ ।)
यस्ता महान् बिचार सुनेपछि मैले आपैंmलाई धेरैबेर धिक्कारेँ । किनभने यहाँ देशको
लागि प्रार्थना गर्ने ‘डाण्डेलियनका प्रेयर’ कोही भेटिएका छैनन् । अनि तिनले लेउको आवाज कहिल्यै सुनेका छैनन् र सुन्न पनि
सक्दैनन् । किनभने तिनको चेतनालाई सीमित
बनाइएको छ । चेतना हुनेले केही नभएको ठाउँलाई सबै भएको बनाउँछन्, चेतना नहुनेले सबै भएको ठाउँलाई पनि केही नभएको
बनाउँदा रहेछन् ।
– दमक, झापा
